IME Life New

शहिद परिवारलाई बीमा शुल्कमा सहुलियत दिन अर्थमन्त्रालयको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

काठमाडौं । जनआन्दोलन जनशसस्त्र संघर्षमा जीवनको बलिदान दिएका शहिद परिवारलाई दुर्घटना बीमा सहुलियत प्रदान गर्न अर्थमन्त्रालयले बीमा समितिलाई निर्देशन दिएको छ ।

Esewa
Crest

आगामी असोज ३ गते संविधान दिवसको दिन यस्तो घोषणा गर्न निर्देशन जारी गरेको हो । अर्थमन्त्रालयले केही दिन पहिले मातहतका निकायलाई संविधान दिवस मनाउने सन्दर्भमा सहिद परिवारलाई सहुलियत प्रदान गर्न हालै मातहतका निकायलाई निर्देशन दिएको छ ।

बुधबार बीमा समितिमा आईपुगेको १७ बुँदे निर्देशनको १४ नम्बर बुँदामा भनिएको छ, ‘बीमा समितिले अग्रसरता लिएर बीमा एशोसिएशनसँग समन्वय गरी सहिद परिवारलाई दुर्घटना बीमामा सहुलियतको कार्यक्रम घोषणा गर्ने ।’त्यस्तै सोही निर्देशनको १६ औं बुँदामा राष्ट्रिय संस्थानले नयाँ शाखा खोल्न र मोबाईल एप्स घोषणा गर्न, कडा रोगको बीमा योजना घोषणा गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS