IME Life New

निर्जीवन बीमा कम्पनीहरुको मोटर बीमा व्यवसायमा ४६ प्रतिशत नाफा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमा व्यवसायमा मात्रै ४६.४४ प्रतिशत मुनाफा गर्ने गरेका छन्। बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ मा मोटर बीमा व्यवसाय तथा तेस्रोपक्ष दायित्व बीमा शुल्क मार्फत १३ अर्ब ३५ करोड रुपैयाँ आर्जन गरेका छन्। मोटर बीमा तथा तेस्रो पक्षको दाबी भुक्तानी भने ७ अर्ब १५ करोड रुपैयाँ छ। यस बीमा व्यवसायबाट कम्पनीहरुले ६ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका हुन्।

मोटर साइकलको बीमा बापत आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब ३४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छ। यसको तेस्रो पक्ष दायित्व बीमा शुल्क आर्जन भने एक अर्ब १३ करोड रुपैयाँ छ। मोटर साइकल बीमाको दाबी भुक्तानी भने ९० करोड ६२ लाख रुपैयाँ रहेको छ। यसैको तस्रो पक्ष दाबी भुक्तानी २३ करोड ९७ लाख रुपैयाँ रहेको बीमा समितले जनाएको छ।

Esewa
Crest
मोटर बीमा (रु. अर्बमा) (1)

त्यस्तै चारपांङ्ग्रे सवारी साधनबाट ८ अर्ब १० करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन्। यसको तेस्रोपक्ष दायित्व बीमा शुल्क आर्जन भने एक अर्ब ५१ करोड रुपैयाँ रहेको छ। चारपांङ्ग्रे सवारी साधनको कुल दाबी भुक्तानी भने चार अर्ब ७५ करोड रुपैयाँको गरेका छन्। यसकै तेस्रो पक्ष दाबी भुक्तानी भने एक अर्ब २५ करोड रुपैयाँ छ। बीमा कम्पनीहरुलाई तेस्रोपक्ष बीमा व्यवसायमा खासै मुनाफा छैन।

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा मोटर बीमा व्यवसाय मार्फत १० अर्ब ८६ करोड २२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् यसको दाबी भुक्तानी ६ अर्ब तीन करोड रुपैयाँ रहेको छ। त्यस्तै तेस्रोपक्ष दायित्व बीमाशुल्क आर्जन तीन अर्ब तीन करोड रुपैयाँ छ भने दाबी भुक्तानी एक अर्ब ९८ करोड रुपैयाँ थियो।

समितिले उपल्ब्ध गराएको तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७४/७५ मा ९ अर्ब ५४ करोड ४ लाख रुपैयाँ मोटर बीमा शुल्क संकलन गरेका थिए । सो आर्थिक वर्षमा कम्पनीहरुले मोटर बीमामा ५ अर्ब ४२ करोड ९२ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए ।

त्यस्तै, आर्थिक वर्ष २०७३/७४ मा कम्पनीहरुले ८ अर्ब १७ करोड ५ लाख रुपैयाँ मोटरबीमा शुल्क संकलन गरेका थिए । सो आर्थिक वर्ष बीमा कम्पनीहरुले ३ अर्ब ६७ करोड ८७ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए । संचालनमा रहेका निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले मोटरबीमा गर्न पाउँछन् ।

के हो मोटर बीमा ?

यान्त्रिक शक्तिद्वारा सडकमा गुड्ने सवारी साधनहरू मोटरसाइकल, कार, जिप, ट्रक, बस, ट्याक्टर आदिमा हुन सक्ने सम्भावित जोखिमको सुरक्षण नै मोटर बीमा हो । सडक दुर्घटना, चोरी, हुलदंगा, बाढी, भूकम्पलगायतका कारणबाट मोटरमा हुने क्षतिबाट बच्नका लागि अपनाइने सुरक्षा मोटर बीमा हो । यस योजनाले विभिन्न कारणबाट सवारी साधन वा तेस्रो पक्षलाई हानी पुग्दा क्षतिपूर्ति भुक्तान गर्छ ।

तेस्रो पक्ष बीमाः अनिवार्य बीमा

आफ्नो सवारी साधनले अर्को सवारी साधन, व्यक्ति वा भौतिक सम्पत्तिलाई क्षति पुर्याएको अवस्थामा आईपर्ने आर्थिक जोखिम हस्तारन्तण गर्नु तेस्रो पक्ष बीमा हो ।

यस योजनाअनुसार आफ्नो सवारी साधनले अन्य साधन वा सम्पत्तिलाई हानी पुर्याएको अवस्थामा तेस्रो पक्षलाई कम्पनीले नै दाबी भुक्तानी गर्छ । यस्तो अवस्थामा सवारी धनीले आर्थिक भार लिनुपर्दैन । तर, तेस्रो पक्ष बिमा नभएको अवस्थामा सवारी धनीले दुर्घटनामा भएको क्षतिको क्षतिपूर्ति भर्नुपर्छ ।

क्षतिपूर्ति भर्न नसकेको खण्डमा सजाय समेत भोग्नुपर्ने हुन्छ । तेस्रो पक्ष बिमालाई सरकारले अनिवार्य गरेको छ । सडकमा दुर्घटना भएको अवस्थामा पीडित पक्षले सडक जाम गरी अन्य यात्रुलाई समेत दुःख दिने हुँदा सरकारले ०६६ भदौ १ गतेदेखि तेस्रो पक्ष बीमा अनिवार्य गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS