IME Life New

व्यतित बीमालेख पुनर्जागरण गर्दा ब्याज छुट दिने एशियन लाइफको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट दिने घोषणा गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो।

कम्पनीबाट जारी गरिएका बीमालेख २०८० चैत मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेको (पूर्ण व्यतित भएका) बीमालेखहरु बैशाख ३ गतेदेखि जेठ २५ गतेभित्र पुनर्जागरण गराउने बीमितहरुलाई ब्याज छुट दिने घोषणा गरेको हो। पाँच वर्षदेखि माथि व्यतित बीमालेखमा ५० प्रतिशतसम्म र २ वर्षदेखि ५ वर्षभन्दा कमका व्यतित बीमालेखमा २५ प्रतिशतसम्म ब्याज छुट दिइने कम्पनीले जनाएको छ।

Esewa
Crest

दुई वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुुट प्रदान नगरिने कम्पनीले स्पष्ट पारेको छ। एकपटक ब्याज छुट लिइसकेका बीमितहरुलाई पुनः ब्याज छुट प्रदान नगरिने पनि कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS