IME Life New

व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १००% सम्म छुट दिने नेशनल लाइफको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण (नवीकरण) गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गरी यस्तो घोषण गरेको हो। कम्पनीका अनुसार २०७७ चैत २ गतेदेखि हालसम्म व्यतित भएका बीमालेख पुनर्जागरण गर्दा विलम्बन शुल्कमा १०० प्रतिशत छुट दिइनेछ।

Esewa
Crest

यसैगरी २०७४ चैत २ गतेदेखि हालसम्म व्यतित भएका बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा ७५ प्रतिशत र अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिबाट २०७४ चैत १ गतेसम्म व्यतित भएका बीमालेख पुनर्जागरण गर्दामा विलम्ब शुल्कमा ६० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ।

यो छुट सुविधा यही जेठ १० गतेदेखि असार १५ गतेसम्म तोकिएको प्रक्रिया पूरा गरी नवीकरण गराएमा बीमितले पाउने कम्पनीको भनाइ छ।

पुनर्जागरण मितिले २ वर्षभित्र अवधि समाप्ति हुने बीमालेखहरुको हकमा विलम्ब शुल्कको छुट सुविधा नरहेको कम्पनीले स्पष्ट पारेको छ। त्यस्तै, एकपटक विलम्ब शुल्कमा छुट लिइसकेका बीमितहरुलाई पुनः बीमा अवधिभरि पुनः छुट नदिइने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS