IME Life New

वेल्थ म्यानेजमेन्टको छैठौं वार्षिक साधारण सभा सम्पन्न, अब बन्ने भयो एशियन क्यापिटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडको छैठौं वार्षिक साधारण सभा होटल क्राउन इम्पेरियल , काठमाडौंंमा सम्पन्न भएको छ । उक्त वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

साथै उक्त सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको  ७.५ प्रतिशत  (कर सहित) का दरले हुन आउने रु.३७ लाख ५० हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Esewa
Crest

त्यसैगरी सभामा २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित भएको छ ।

सभाले वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडको नाम परिवर्तन गरी एशियन क्यापिटल लिमिटेड कायम गर्ने प्रस्ताब पनि पारित गरेको छ ।

संचालक समितिमा सचिन सिलवाल, एशियन लाइफको तर्फबाट मुरारीराज हुमागाई र गुहेश्वरी मर्चेन्ट फाइनान्स लिमिटेडको तर्फबाट शिल्पा   प्रधनाङ्ग चयन भएका छन्।

वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ५१ प्रतिशत शेयर स्वामित्व कायम भई वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङ लिमिटेड बीमा क्षेत्रमा एशियन लाइफको पहिलो सहायक कम्पनी बनेको थियो  ।

एशियन लाइफले वेल्थ म्यानेजमेन्ट किनेर बनायो ‘एशियन क्यापिटल’, बीमा क्षेत्रकै पहिलो मर्चेन्ट बैंक

वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडले हाल लगानी व्यवस्थापन र निक्षेप सेवा ‘डिपी’ प्रदान गर्दै आएकोमा भविष्यमा नियामक निकायबाट स्वीकृती लिई अन्य मर्चेन्ट बैंकिङ सेवाहरु सर्वसुलभ तथा गुणस्तरिय ढंगले प्रदान गर्ने मुख्य उद्देश्यलाई रणनितिक रुपमा अगाडि बढाउंदै लैजाने लक्ष्य लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS