IME Life New

वालिङ नगरपालिका र नगर विकास कोषबीच बसपार्क निर्माण गर्न ऋण तथा अनुदान सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नगर विकास कोषको ऋण लगानीमा वालिङ नगरपालिकामा वालिङ बसपार्क आयोजना निर्माणका लागि ऋण तथा अनुदान सम्झौता सम्पन्न भएको छ। कोषको सहरी पूर्वाधार विकास आयोजनाअन्तर्गत वालिङ नगरपालिकामा व्यवस्थित बसपार्क निर्माणका ८ असोजमा वालिङ नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता सम्पन्न भएको हो।

कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र वालिङ नगरपालिका नगर कार्यपालिका प्रमुख कृष्ण खाणबीच बसपार्क आयोजना निर्माणका लागि ऋण सम्झौतामा हस्ताक्षर भएको हो।

Esewa
Crest

आयोजनाको कुल अनुमानित लागत १२ करोड २७ लाख ५७ हजारको ५५ प्रतिशतले हुन आउने रकम ६ करोड ७५ लाख ७५ १६ हजार ३५० ऋण र १० प्रतिशतले हुन आउने रकम १ करोड २२ लाख ७५ हजार ७०० रुपैयाँको अनुदान सम्झौतामा हस्ताक्षर सम्पन्न गरिएको छ।

वालिङ बसपार्क आयोजना निर्माणको कुल अनुमानित लागत १२ करोड २७ लाख ५७ हजारको ३५ प्रतिशत बराबरले हुन आउने रकम ४ करोड २९ लाख ६४ हजार ९५० रुपैयाँ रकम नगरपालिकाबाट बेहोरिनेछ।
वालिङ नगरपालिकाको वडा–८ मा करिब ३० रोपनी क्षेत्रफलमा निर्माण हुने यो आयोजनालाई लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका जिल्लाबाट आवतजावत गरिने सवारी साधनको व्यवस्थापनका लागि महत्वपूर्ण आयोजनाको रुपमा मानिएको छ ।

कार्यक्रममा नगरपालिका प्रमुख खाणले यस बसपार्कबाट नगरवासीलाई व्यवस्थित र आधुनिक सेवा सुविधा प्रवाह गर्नुका साथै यस क्षेत्रका जनताको सामाजिक र आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्दै आयोजना गुणस्तरीय रुपमा समयमा सम्पन्न गर्नेतर्फ नगरपालिकाको प्रतिबद्धता व्यक्त गरे ।

कोषका कार्यकारी निर्देशक सापकोटाले आयोजना ऋण सम्झौताको चरणसम्म आइपुग्दा कोषले आयोजनालाई गुणस्तरीय बनाउन आयोजनाको तयारी तथा विकासको चरणदेखि नै नगरपालिकासँग सहकार्य भएको बताउँदै आयोजनालाई गुणस्तरीय रुपमा सम्पन्न गर्नेतर्फ नगरपालिकाको महत्वपूर्ण भूमिका रहने विचार व्यक्त गरे ।

सम्झौता कार्यक्रमा नगर विकास कोषका तर्फबाट नगर विकास कोष सञ्चालक समितिका सदस्य हिक्मतजंग कार्की तथा कोषका पदाधिकारी र नगरपालिका उपप्रमुख कविता गैरे, वडा–१ अध्यक्ष पदम गुरुङ, वडा–१० अध्यक्ष सुनिल खनाल र वालिङ नगरपालिकाका इन्जिनियर ध्रुव रेग्मी पनि उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS