IME Life New

वार्षिकोत्सवमा सूर्यज्योति लाइफको कावासोती शाखाद्वारा शैक्षिक सामग्री वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको कावासोती शाखाले वार्षिकोत्सवका अवसरमा शैक्षिक सामग्री वितरण गरेको छ।

कम्पनीको १६ औँ वार्षिकोत्सवका अवसरमा कावासोती शाखाको आयोजनामा स्थानीय गरिबी तथा जेहान्दार विद्यार्थीलाई एक औपचारिक कार्यक्रम गरी शैक्षिक सामग्री वितरण गरिएको हो । हुप्सेकोट गाउँपालिका–२ नवलपुरको चपाहामा रहेको श्रीबालहित आधारभूत विद्यालयमा अध्ययनरत १७ जना गरिब तथा जेहान्दार विद्यार्थीलाई कावासोती शाखाका शाखा प्रमुख टोपबहादुर रानाको उपस्थितिमा शैक्षिक सामग्री वितरण गरिएको छ।

Esewa
Crest

कार्यक्रममा सूर्यज्योति लाइफका एजेन्सी म्यानेजर कुम्भसिं पाटामगर, ज्ञानिसरा गैरे, लक्ष्मी पोख्रेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर मल्ल, विद्यालयका सम्पूर्ण अभिभावकलगायत स्थानीय समाजसेवी व्यक्तिहरुको सहभागिता थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद पाण्डेले अत्यान्त न्यून वर्गका विद्यार्थी अध्ययनरत विद्यालयमा शैक्षिक सामग्री वितरण गर्दा थप नयाँ विद्यार्थीको आगमनमा सहजता मिल्ने र अहिलेसम्म कुनै पनि संघसंस्थाले यस्ता खाले कार्यक्रम नगरेको बताए। उनले सूर्यज्योति लाइफ इन्स्योरेन्सले आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे।

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका कावासोती शाखा प्रमुख रानाले सूर्यज्योति लाइफ इन्स्योरेन्सका बारे थप प्रस्ट पारी बीमाको महत्वका बारेमा जानकारी गराएका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मल्लले बीमाका बारेमा आज प्रस्ट भएको र ग्रामीण भेगमा समेत बीमाका बारेमा जनचेतना जगाउनुपर्ने बताए। कार्यक्रमका सभापतिसमेत रहेका मल्लले विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीको आफ्नो क्षमताअनुसार अनिवार्य बीमा गर्नसमेत अभिभावकलाई आग्रह गरे।

कार्यक्रम एजेन्सी म्यानेजर एवं विद्यालयकी शिक्षिका ज्ञानिसरा गैरेको संयाजकत्वमा सम्पन्न भएको भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS