IME Life New

वार्षिकोत्सवको अवसरमा सबैको लघुवित्तद्धारा विद्यार्थीहरुलाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुलाई युनिफर्म वितरण गरेको छ । लघुवित्तले तनहुँ जिल्ला, बन्दीपुर गाउँपालिका वडा नम्बर १ स्थित पवित्रा माध्यमिक विद्यालयका ११ जना गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई ११ सेट विद्यालयको युनिफर्म वितरण गरेको हो ।

युनिफर्म वितरण पश्चात पवित्रा माध्यमिक विद्यालयका प्रधानाध्यापक जीव नाथ पौडेलले संस्थाले विद्यालयमा अध्यनरत विधार्थीलाई पोशाक वितरण गरेको धन्यवाद दिदै यस्ता किसिमका सामाजिक कार्यक्रमले संस्था प्रति समुदायको सकारात्मक प्रभाव पर्ने बताए ।

Esewa
Crest

कार्यक्रममा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न किसिमका कार्यक्रम सञ्चालन गदैं आई रहेको, स्थानीय स्तरमा विभिन्न सामाजिक संघ, संस्था, विद्यालयसँग सहकार्य गर्दै आई रहेको जानकारी गराएका थिए । साथै आगामी दिनहरुमा पनि थप विभिन्न रचनात्मक क्रियाकलापहरु समेत सञ्चालन गर्ने योजना रहेको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS