IME Life New

वार्षिकोत्सवको अवसरमा मुक्तिनाथ फाउन्डेसनको रक्तदान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ फाउन्डेसनले आफ्नो दोस्रो वार्षिकोत्सव अवसरमा बृहत रक्तदान रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित रक्तदान कार्यक्रममा ३८ पिन्ट रगत संकलन गरेको छ। कार्यक्रमलाई त्रिवि शिक्षण अस्पतालबाट प्राविधिक सहयोग प्राप्त भएको संस्थाले जनाएको छ।

संस्थाका सञ्चालक नारायणकुमार श्रेष्ठको संयोजकत्वमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष भरतराज ढकालले रक्तदाता तथा कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए।

Esewa
Crest

संस्थाले संस्थाका उद्देश्यभित्रका लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रुपमा कार्य गर्नेछ। यसअघि यस संस्थाले सामाजिक क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आएको छ।

बागमती सरसफाइ कार्यक्रममा सहभागिता, विश्व वातावरण दिवसका अवसरमा टोखा नगरपालिकालगायत देशका विभिन्न स्थानमा बृहत वृक्षारोण कार्यक्रम गरिसकेको छ।

मुक्तिनाथ फाउन्डेसन सामाजिक तथा आर्थिक रुपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायहरुलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रुपान्तरण गर्ने उद्देश्यले स्थापित भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS