IME Life New

वार्षिकोत्सवको अवसरमा मेट लाइफले सार्वजनिक गर्यो माइ एजेन्सी एप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेट लाइफ नेपालले आफ्नो २३औं वार्षिकोत्सवको अवसरमा माइ एजेन्सी एप सार्वजनिक गरेको छ। यस एपले अभिकर्ताहरुको कामलाई सजिलो, छरितो र प्रभावकारी बनाउन नयाँ डिजिटल अनुभव प्रदान गर्छ। लिड्स व्यवस्थापन अब झन् सरल हुँदै, विभिन्न स्रोतबाट आएका लिड्स स्वतः एजेन्टहरूसम्म पुग्नेछन्।

नयाँ लिड्सको जानकारी तत्काल एसएमएसमार्फत पाउने भएकाले एजेन्टहरू सदैव अपडेट रहनेछन्। लिड्सको स्थिति ट्र्याक गर्ने, कनभर्टेड पॉलिसीको विवरण हेर्ने र ग्राहक विवरणको पहुँच सजिलो बनाएको छ। कामको तालिका व्यवस्थापन गर्न क्यालेन्डर फिचर उपयोगी छ, जसले अपोइन्टमेन्ट र फोलोअप ट्र्याक गर्न मद्दत पुर्‍याउँछ।

Esewa
Crest

मासिक, स्थान, र लिड्स स्रोतको आधारमा तयार हुने रिपोर्टहरूले प्रदर्शन बुझ्न थप सहयोग पुर्‍याउँछन्। एजेन्टहरूका लागि रियल टाइम रिपोर्ट सुविधा थपिएका छन्।

यस एपले ग्राहकहरूसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन र एजेन्टहरूको कार्यदक्षता सुधार्न महत्वपूर्ण भूमिका खेल्नेछ। मेटलाइफ नेपालको यो प्रयासले आधुनिक डिजिटल उपकरणमार्फत एजेन्सी अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

यो एपले एजेन्टहरूलाई लिड्स व्यवस्थापनदेखि ग्राहक अन्तरक्रियासम्मका कामलाई छिटो र सहज बनाउन डिजाइन गरिएको छ। टिम व्यवस्थापन र कार्य योजनामा सहयोग पुर्‍याउने फिचरहरूले सामूहिक कामलाई अझ व्यवस्थित बनाउनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS