IME Life New

लुम्बिनी विकास बैंक र एमए डब्लुबीच कर्जा सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एमए डब्लुका गाडी किन्न लुम्बिनी विकास बैंकबाट कर्जा पाईने भएको छ । लुम्बिनी विकास बैंक र एमए डब्लु अटो कोर्प प्रा.लि. तथा एम ए डब्लु कमर्सियल भेहिकल्सबिच फोटन र चङ्गन ब्राण्डका ब्यक्तिगत तथा व्यवसायिक प्रयोजनका सवारी साधन खरिद गर्ने ग्राहकहरुलाई लगानी गर्ने सम्झौता भएको हो ।

यस सम्झौतापत्रमा लुम्बिनी विकास बैंकको तर्फबाट बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकाल र एमए डब्लु अटो कोर्प तथा एमए डब्लु कमर्सियल भेहिकल्सको तर्फबाट प्रबन्ध निर्देशक विबेक सिकारीयाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौतापत्रमा उल्लेख भएअनुसार उक्त सुबिधा ग्राहकहरुले बैंकको सबै शाखाहरुबाट लिन सक्नेछन् । सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुले सो सेवा बिक्रेताको देश भरी रहेको १३ वटा शोरुम मार्फत खरिद गर्न सक्ने बैंकले जनाएको छ।

लुम्बिनी विकास बैंक लिमिटेडले हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु मार्फत सेवा दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS