IME Life New

लुम्बिनी प्रदेशको प्राथमिकतामा बीमा : निशुल्क कृषि बीमादेखि दुर्घटना बीमाका कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले बीमालाई प्राथमिकतामा राखेको छ । आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्ण ध्वज खड्काले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत निशुल्क बाली तथा पशुपन्छी बीमाको घोषणा गरेका हुन् ।

लुम्बिनी प्रदेश सरकारले बाली तथा पशुपन्छी बीमालाई निःशुल्क बनाउने भएको छ । बाली तथा पशुपन्छी बीमा गर्दा लाग्ने बीमा शुल्कमा संघीय सरकारले दिएको ८० प्रतिशत अनुदान सहयोगमा प्रदेश सरकारका तर्फबाट २० प्रतिशत थप अनुदान दिई बाली तथा पशुपन्छी बीमा निः शुल्क हुने व्यवस्था मिलाएको हो ।

Esewa
Crest

बनको सुरक्षा र संरक्षणमा खटीने बन रक्षकहरुको शारिरीक तन्दुरुस्तीका लागि सबै डिभिजनस्तरका खुला जिम सञ्चालन र दुर्घटना बीमा गर्नेछ । यस कार्यक्रमका लागि प्रदेश सरकारले एक करोड ८ लाख रुपैयाँ विनियोजन गरेको छ ।

पिडित सँग प्रदेश सरकार कार्यक्रम मार्फत सबै जिल्लामा मानव र वन्यजन्तु विचको द्धन्द व्यवस्थापन, वन्यजन्तुबाट हुने क्षतिको बीमा, राहत तथा उद्दर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रदेश भित्र कार्यरत पत्रकारहरुको मनोबल उच्च राखी काम प्रति उत्प्रेरित गर्न पत्रकारहरुको दुर्घटना बीमा र उत्कृष्ट सञ्चाल माध्यम तथा सञ्चारकर्मी सम्मान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS