IME Life New

लाभांश पारित गर्न आइएमई लाइफले डाक्यो एजीएम, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो आठौँ वार्षिक साधारण सभा फागुन २५ गते आईतबार दियो महल, धुम्बाराही काठमाडौंमा बिहानको ११ बजे सञ्चालन हुने जनाएको छ । कम्पनीको फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८० /०८१ को वार्षिक प्रतिबेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८० / ०८१ एनएफआर बमोजिमको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सोसंग सम्बन्धीत अनुसूचीहरु सहितको वित्तीय विवरण माथि छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

सभाले कम्पनीको लेखापरीक्षण समितिबाट सिफारिस भई आए बमोजिम आर्थिक वर्ष २०८१/०८२ का लागि कम्पनीको बाहृय लेखापरीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने (वर्तमान लेखापरीक्षक श्री एसएआर एशोसिएट्स चाटर्ड एकाउन्टेन्ट्स पुनः नियुक्त हुन सक्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०८०/०८१ को वितरण योग्य मुनाफाबाट कम्पनीको हाल कायम रहेको चुक्ता पूँजीको २१.०५२६४ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजन समेतको लागि) वितरण गर्ने प्रस्ताव पारित गर्ने छ।

सभाले कम्पनीको प्रबन्ध(पत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनी ऐन, २०६३ को दफा १०५(१)(ग) बमोजिम आर्थिक वर्ष २०८० / ०८१ मा कम्पनीबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि फागुन १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यसको आधारमा फागुन १५ गतेभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले सभामा भाग लिनुको साथै लाभांश पाउन योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS