IME Life New

लघु बीमामार्फत १२ जीवन बीमकले संकलन गरे १.९१ अर्ब प्रिमियम, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौै । चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्म १२ वटा जीवन बीमकले १ अर्ब ९१ करोड रुपैयाँ माथिको लघु बीमा व्यवसाय गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार लघु बीमालेख बिक्रीबाट चैतसम्म ती जीवन बीमा कम्पनीले १ अर्ब ९१ करोड ५६ लाख रुपैयाँबराबरको कुल बीमाशुल्क आर्जन गरेका हुन्। यो अवधिसम्म यी कम्पनीको कुल सक्रिय रहेको बीमालेख संख्या ३४ लाख ७२ हजार ४४ वटा रहेको छ।

Esewa
Crest

यो ९ महिनामा लघु बीमालेख बिक्रीबाट नेशनल लाइफले सर्वाधिक व्यापार गरेको छ। यो कम्पनीले मात्रै ८४ करोड ३२ लाख रुपैयाँ बढीको कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी दोस्रोमा सिटिजन लाइफ रहेको छ। यो कम्पनीले लघु बीमालेख बिक्रीबाट ३३ करोड ९८ लाख रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेको छ। तेस्रो सानिमा रिलायन्स लाइफले २२ करोड ९३ लाख रुपैयाँ, चौथोमा सूर्यज्योति लाइफले २० करोड ७३ लाख रुपैयाँ र पाँचौँमा प्रभु महालक्ष्मी लाइफले १५ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

यस्तै लघु बीमालेख बिक्रीबाट मेट लाइफले ११ करोड ५ लाख रुपैयाँ, सन नेपाल लाइफले १ करोड ८० लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ८४ लाख २३ हजार रुपैयाँ, नेपाल लाइफले ४३ लाख ४५ हजार रुपैयाँ, एसियन लाइफले ३५ लाख ३६ हजार रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसनले ७ लाख ९५ हजार रुपैयाँ र हिमालयन लाइफले २३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS