IME Life New

लघु बीमाको प्रबर्धनमा अग्रणी भूमिका खेल्दै बीमक संघ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले लघु बीमा कार्यक्रमलाई प्रबद्धर्न गर्ने नीति लिएपनि उल्लेख्य प्रगति हासिल हुन नसकिरहेको सन्दर्भमा नेपाल बीमक संघले भने युक एडसँगको सहकार्यमा प्रभावकारी रुपमा लघुबीमा कार्यक्रम सञ्चालन गरेको पाइएको छ ।

निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमंक संघले लघुबीमाको दायरा शहरदेखि ग्रामिण भेगको दुर–दराजसम्म विस्तार गरेको छ ।

Esewa
Crest

नेपाल बीमक संघले बेलयाती सहयोग नियोग युके एडसँग मिलेर सञ्चालन गरेको कार्यक्रमले प्रभावकारी नतिजा दिएको बीमक संघका कार्यकारी निर्देशक द्रोण प्रसाद आचार्य बताउँछन् ।

संघले विभिन्न १७ वटा लघुवित्त संस्थासँगको सहकार्यमा लघुबीमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । लघुबीमाको प्रवर्धनको लागि बीमक संघले बीमा चेतना सम्बन्धी विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ ।

लघुवित्त कम्पनीका कर्मचारीहरुलाई बीमा सम्बन्धी तालिम, दिने, गाउँ गाउँमा जनतामा चेतना प्रदान गर्ने, लघु बीमाको चेतना जगाउने जस्ता कार्यक्रम गरी अघि बढिरहेको संघले जनाएको छ ।

हाल १७ वटा लघुवित्त मार्फत लघुबीमा कार्यक्रम संचालन हुँदै आईरहेको छ । बीमा योजना संचालन गर्दा बीमाको पहुँचमा समेत यसले ठूलो प्रभाव पार्दै आएको नेपाल बीमंक संघका कार्यकारी निर्देशक आचार्य बताउछन् ।

लघुबीमा निर्देशिशका २०७१ मा ‘लघुबीमा व्यवसाय’ भन्नाले न्यून आय, आर्थिक, सामाजिक तथा भौगोलिक कारणबाट जोखिम उन्मुख वर्गका व्यक्ति तथा समुदायलाई लक्षित गरी निजहरूको जीवन तथा सम्पत्तिको संरक्षण गर्न यस निर्दे्शिका बमोजिम गरिने व्यवसाय सम्झनु पर्छ भनी परिभाषित गरिएको छ ।

लघुबीमा अन्तर्गत ग्रार्हस्थ बीमा, गम्भीर प्रकृतिका रोग बीमा, व्यक्तिगत दुर्घटना बीमा, स्वास्थ्य बीमा, लघु व्यवसाय बीमा, पशुधन बीमा, बाली बीमा, बाख्रा बीमासहित आठ वटा बीमा पर्दछन् ।

सरकारले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा यसैआव भित्रमा बीमा कम्पनीहरुले आफनो कुल व्यवसायको १० प्रतिशत अनिवार्य रुपमा लघु बीमा जारी गर्नुपर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS