IME Life New

लक्ष्मी बैंकको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


लक्ष्मी बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजीको ८.५० प्रतिशत बोनस शेयर सुरक्षित गर्ने (आज) अन्तिम दिन रहेको छ । माघ १४ गतेदेखि बैंकले साधारण सभाका लागि बुकक्लोज गर्ने भएकाले आइतबारसम्म कायम रहेको शेयरधनीले मात्र बोनस पाउनेछन् ।

बैंकको माघ २८ गते आह्वान गरेको १८ औ वार्षिक साधारण सभाले ६९ करोड ८८ लाख रुपैयाँ बराबरको बोनस शेयर र बोनसको कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४५ प्रतिशत अर्थात ३ करोड ६७ लाख रुपैयाँ बराबरको नगद लाभांश पारित गर्नेछ ।
साधारण सभा माघ २८ गते सोमबार अग्रवाल भवन कमलपोखरीमा दिउँसो २ बजे बोलाइएको छ।

Esewa
Crest

यस्तै बैंकिङ्ग व्यवसायका साथसाथै आफ्नो व्यवसायको क्षेत्र विस्तार गर्नका लागि प्रबन्धपत्र तथा नियमावलीमा संसोधन मार्फत बीमा, धितोपत्र व्यवसाय, स्टक एक्सचेञ्ज फिन्टेक लगायतका व्यवस्था थप गर्ने भएको छ।

सभामा बैंकले सम्बन्धित निकायको स्वीकृती लिई बैंक आफैँ वा स्वदेशी वा सवदेशी स्वामित्वमा रहेको कम्पनीहरुसँग संयुक्त लगानीमा वा सञ्चालनमा रहेको कम्पनीको पुरै वा आंशिक शेयर खरिद गरि अथवा सहायक कम्पनी मार्फत जीवन बीमा, निर्जीवन बीमा, पुनर्बीमा, भेञ्चर क्यापिटलरप्राइभेट इक्विटीरहेज फण्ड, क्रेडिट रेटिङ्ग, शेयर ब्रोकर, स्टक एक्सचेन्ज, फिन्टेक सम्बन्धि कार्यहरु गर्ने थप निर्णयलाई निरन्तरता दिने विशेष प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS