IME Life New

रिलायवल नेपाल लाइफको आइपीओ ५ लाख १८ हजारले नपाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आइपीओमा साढे १४ लाख बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज शनिवार १०ः०७ बजेसम्ममा १४ लाख ७८ हजार ५०८ आवेदकबाट ४ अर्ब ४९ करोड ५६ लाख ५ हजार ९१० रुपैयाँ बराबरको १ करोड ७४ लाख ९२ हजार ६३० कित्ता शेयरको लागि आवेदन परेको हो । कम्पनीले सर्वसाधारणका लागि ९६ लाख कित्ता आइपीओ विक्री गरेको हो ।

यस हिसावमा ५ लाख १८ हजार ५०८ जनाले शेयर नपाउने भएका छन् । कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ ।

Esewa
Crest

कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको हो । सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

त्यसैगरी, कुल शेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि (प्रतिशेयर अंकित मूल्य १ सय रुपैयाँका दरले) छुट्याइएको छ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

9%
happy

खुसी

18%
sad

दु :खी

33%
amazed

अचम्मित

3%
excited

उत्साहित

36%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS