IME Life New

रिलायबल र आईएमई लाइफलाई दाँजेर हेर्दा को देखियो तगडा ? (इन्फोग्राफिकसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रोे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन्। दुवै कम्पनीका महत्वपूर्ण सूचकका आधारमा इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययनःचुक्तापुँजीः कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रोे त्रैमासको वित्तीय विवरणका आधारमा आईएमई लाइफको चुक्तापुँजी ५ अर्ब रुपैयाँ रहेको छ भने रिलायबल नेपाल लाइफको चुक्तापुँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ।

रिटेन्ड अर्निङः आईएमई लाइफको रिटेन्ड अर्निङमा १ अर्ब ३८ करोड २५ लाख रुपैयाँ रहेको छ भने रिलायबल नेपाल लाइफको रिटेन्ड अर्निङमा १ अर्ब ४ करोड ४७ लाख रुपैयाँ रहेको छ।

Esewa
Crest

शेयर प्रिमियमः आईएमई लाइफको शेयर प्रिमियममा ५२ करोड रुपैयाँ र रिलायबल नेपाल लाइफको शेयर प्रिमियममा १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ।

अन्य इक्विटीः आईएमई लाइफको अन्य इक्विटीमा ४८ करोड ७७ लाख रुपैयाँ रहेको छ भने रिलायबल नेपाल लाइफको अन्य इक्विटीमा ९ करोड ९२ लाख रुपैयाँ रहेको छ।

जीवन बीमा कोषः जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोषको निकै महत्व रहेकोमा आईएमई लाइफको जीवन बीमा कोषमा १० अर्ब ८७ करोड रुपैयाँ रहेको छ भने रिलायबल नेपाल लाइफको जीवन बीमा कोषमा ११ अर्ब ५३ करोड रुपैयाँ रहेको छ।

कुल बीमाशुल्क आर्जनः आईएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रोे त्रैमाससम्म २ अर्ब ४४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने रिलायबल नेपाल लाइफले २ अर्ब ३८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

खुद बीमाशुल्क आर्जनः आईएमई लाइफले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब ३३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने रिलायबल नेपाल लाइफले २ अर्ब २१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

अभिकर्ता कमिसनः चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आईएमई लाइफले २२ करोड २ लाख रुपैयाँ अभिकर्ता कमिसनमा खर्च गरेको छ भने रिलायबल नेपाल लाइफको खर्च २४ करोड १३ लाख रुपैयाँ रहेको छ।

खुद नाफाः दोस्रोे त्रैमाससम्म आईएमई लाइफले २६ करोड ७८ लाख खुद मुनाफा गरेकोमा रिलायबल नेपाल लाइफले ३५ करोड ३ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। यद्यपि, जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी मूल्यांकन हुन बाँकी भएकाले खुद नाफा एक्चुअरी मूल्यांकनपश्चात मात्र वास्तविक आउनेछ।

प्रतिशेयर आम्दानीः आईएमई लाइफको वार्षिक प्रतिशेयर आम्दानी १०.७१ रुपैयाँ छ भने रिलायबल नेपाल लाइफको १५.१० रुपैयाँ छ।

प्रतिशेयर नेटवर्थः आईएमई लाइफको प्रतिशेयर नेटवर्थ १५२.२३ रुपैयाँ छ भने रिलायबल नेपाल लाइफको १६६.६६ रुपैयाँ छ।

(नोटः उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो। यो विश्लेषण पूर्ण होइन। लगानीकर्ताले कारोबारको निर्णय लिनुअघि थप अनुसन्धान गर्नुपर्ने छ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS