IME Life New

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स दोस्रो वर्षमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं: गत वर्ष संचालनको अनुमति पाउने जीवन बीमा कम्पनीहरु मध्ये ‘रिलायबल नेपाल लाइफ इन्स्योरेन्स’ कम्पनीको व्यावसायिक कारोबार बिधिवत रुपमा सञ्चालन भएको एक वर्ष पुरा भएको छ ।

कम्पनीले २०७५ भाद्र १५ गते प्रथम वार्षिकोत्सव मनाएको छ । चालु आर्थिक वर्ष २०७५/७६ मा समेत उल्लेख्य शाखा बिस्तार गरी सेवाग्राहीलाई सर्वसुलभ बीमाको पहुँच विस्तार गर्ने, छिटो छरितो बीमा सेवा पु-याउने, मानव संसाधनमा गुणात्मक तथा रचनात्मक अभिवृद्धिका लागि आवश्यक तालिमको ब्यबस्था तथा उत्प्रेरणा हुने खालको नीति तर्जुमा गरिने प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले बताए । जीबन बीमा व्यवसायमा महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ताको लागि आकर्षक एवं उत्प्रेरक बिबिध प्रोत्साहन योजनाहरु कार्यान्वयन गरिने समेत  लोहनीले प्रतिबद्धता व्यक्त गरे ।

Esewa
Crest

कम्पनीले आगामी दिनमा सबैको लागि पहुँच हुने, लाभदायक तथा नविनतम थप बीमा योजनाहरु पनि ल्याइने जनाएको छ । कम्पनीले नियमनकारी निकाय बीमा समितिको निर्देशानुसार धितोपत्र ऐन बमोजिम निर्देशित तथा अन्य आवश्यक        प्रक्रियाहरु पुरा गरी सर्वसाधारणका लागि शेयर जारी गरिने समेत बताएको छ ।

एक बर्षको दौरानमा व्यक्ति तथा संस्था सुहांउदा विभिन्न किसिमको १२ प्रकार जीवन बीमा योजनाहरुका एक लाख पचास हजार भन्दा बढि बीमालेख बिक्री गरेको कम्पनीले जानकारी दिएको छ।

व्यवसाय सुचारु भएको प्रथम वर्षमा नै कम्पनीले देशका सातै प्रदेशका विभिन्न ५८ स्थानमा शाखा कार्यालयहरु स्थापना गरी बीमा सेवा पु-याउदै आएको छ । कम्पनीले यस आर्थिक वर्ष २०७५/७६ मा समेत शाखाहरु बिस्तार गरी बीमाको पहुँच तथा सेवामा गुणात्मक देन दिने योजना तर्जुमा गरेको  छ । कम्पनीले आर्थिक बर्ष २०७४/७५ मा खुद नाफा १२ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ भने ४२ करोड ७७ लाख पहिलो बीमा शुल्क संकलन गरि नयाँ संचालनमा आएका जीबन बीमा कम्पनीहरु मध्ये तेश्रो प्रतिस्पर्धी कम्पनी बन्न सफल भएको थियो।

कम्पनी सञ्चालन भएको १ वर्ष भित्र नै कम्पनीको सुखद् एवं सफलतामा सहयोग पु-याउने नियमनकारी निकाय बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय, सरोकारवाला सम्पूर्ण निकायहरु, सञ्चालक समितिका सदस्यहरु, सस्थापक शेयरधनी महानुभावहरु, कर्मचारीहरु, अभिकर्ताहरुप्रति कम्पनीले धन्यवाद एवं कृतज्ञता ब्यक्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS