IME Life New

रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको स्याङ्जास्थित वालिङ शाखाले मृत्युदाबी वापतको दाबी भुक्तानी गरेको छ । स्याङ्जाको गल्याङ नगरपालिका वडा न ७ पेलाकोट मनहरीखर्क वडा सभाहलमा आयोजित एक कार्यक्रमका बिच उक्त शाखाले सो रकम हस्तान्तरण गरेको हो ।

सोही स्थानका स्व. अन्जना सापकोटाले खरिद गरेको १० लाख बीमांकको रिलायबल समुन्नति जीवन बीमा योजना अन्तर्गत मृत्यु दाबी भुक्तानी रकम रु १० लाख ४० हजार उनका श्रीमान नेत्रलाल सापकोटा सहित परिवारलाई हस्तान्तरण गरेको हो ।

Esewa
Crest

शाखाले गल्याङ नगरपालिकाकै वडा नं ४ का शोभखर पाण्डेको समेत मृत्यु दाबी रकम रु २ लाख २२ हजार ४ सय रुपैयाँ बीमितका छोरा नारायण पाण्डेलाई हस्तान्तरण गरेको छ । बीमित पाण्डेले करिब ४ बर्ष अगाडि २ लाख बीमांकको रिलायबल सुलभ जीवन बीमा खरिद गरेका थिए ।

सो कार्यक्रममा गल्याङ नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष झबिलाल पाण्डे, रिलायबल लाइफ इन्स्योरेन्सका वरिष्ठ एजेन्सी म्यानेजर रामु शर्मा सापकोटाले बिमाको फाइदा र यसले समाजमा खेलेको सकारात्मक भूमिकाका बारेमा जानकारी दिएका थिए ।

वडाध्यक्ष पाण्डेले बीमाको महत्व र आवश्यकतालाई मध्यनजर गर्दै यसको दायरा थप फराकिलो बनाउन आवश्यक रहेको बिचार व्यक्त गरे । पालिका भित्रका टोल टोलसम्म बिमाको पहुँच पुर्याउनु पर्ने भन्दै उनले सो अभियानमा सहकार्य गर्न वडा कार्यालय सॅंधै तत्पर रहेको बताए ।

कार्यक्रममा अन्य जनप्रतिनिधि, समाजसेवी सहित दर्जनौं स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

40%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS