IME Life New

रिलायबल नेपाल लाइफद्वारा घातक रोग वापत दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको दुलेगौडा शाखाले किड्नी फेल भएका गणेश बा. लामगादेलाई बीमा दाबी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीले ६ लाख ६८ हाजार रुपैयाँ रकम भुक्तानी गरेको हो । तनहुँ जिल्ला,शुक्लागण्डकी न.पा वाड नं. –८, लहरेपीपलका स्थाइ बासिन्दा गणेश लामगादेले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स दुलेगौडा शाखामा रिलायबल सुलाभ जीवन बीमा योजना खरिद गरेका थिए ।

लामगादेको स्वास्थ्यमा अचानक समस्या आइ उपचार गर्ने क्रममा दुवै मृगौला फेल भएको प्रमाणित भएपछी घातक रोग सुविधा वापत बीमांक रकम बराबर ६ लाख ६८ हजार रुपैयाँ दुलेगौडा शाखा प्रमुख शम्भु पौडेलले लामगादेको निवास लहरेपीपलमा गइ भुक्तानी गरेका हुन ।

Esewa
Crest

मृगौला फेल भइ पिडामा रहेको आफ्नो परिवारलाई दावी रकम पाँउदा ठुलो राहत भएकोको हुनाले रिलायबल नेपाल लाइफलाई लामगादेले धन्यवाद दिएका छन ।

भविष्यमा अप्रत्यासित घटनाहरु घटेमा त्यसबाट हुने आर्थिक क्षतिबाट बच्ने एक मात्र माध्यम बीमा रहेको बताउदै कम्पनीका सविधाहरु जस्तै
दुर्घटनावस अस्पतालमा भर्ना हुन परेको खण्डमा, प्राण घातक रोग लागेमा , दुर्घटना अथवा विरामीका कारण पुर्ण अशक्त भएमा, दुर्घटनाका कारण वा कालगतीका कारण मृत्यु भएमा, बालबच्चाहरुको लगि विषेश गरि प्रस्तावकको समेत सम्पुर्ण जोखिम बहन गरी प्रस्तावक नरहँदा मासिक रुपमा पढाइ खर्च कम्पनीले उपलब्ध गराउने जस्ता सुविधाहरुको बारेमा बताउदै उपस्थित सम्पुर्णलाइ जीवन बीमा गरि सुरक्षित रहनुहुन दुलेगौडा शाखा प्रमुख पौडेलेले अनुरोध गरे ।

साथै उक्त कार्याक्रममा दुलेगौडा शाखाका सिनियर ऐजेन्सी म्यनेजर जेजुराम पोखे्रल र इन्स्योरेन्स एडभाइजर कल्पना गुरुङको पनि उपस्थिती रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS