IME Life New

रिलायबल नेपाल लाइफद्वारा मृत्यु दाबीको रकम भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बुटवल । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले रुपन्देहीका एक बीमितका परिवारलाई मृत्यु दाबीको रकम एक कार्यक्रम गरी भुक्तानी गरेको छ।

सैनामैना नगरपालिका वडा नं. १ ब्रह्माडाँडाका अनिलकुमार चौधरीको ४० वर्षको उमेरमा हृदयघातबाट निधन भएपछि परिवारलाई कम्पनीले मृत्यु दाबीबापतको रकम रु. ३१ लाख २० हजार रकम मृतकको घरैमा पुगेर हस्तान्तरण गरेको हो। सैनामैना नगरपालिकाका मेयर फणेन्द्र शर्माले मृतक अनिलकुमार चौधरीकी श्रीमती सुशीला चौधरीलाई बीमा दाबीको रकम हस्तान्तरण गरेका हुन्।

Esewa
Crest

चौधरीले एमडीआरटी उमेश गिरीमार्फत ३० लाख बीमांकको बीमालेख खरिद गरेका थिए। चौधरीले दुई किस्ताबापत रु. ३ लाख १४ हजार कम्पनीमा जम्मा गरेका थिए।

दाबी भुक्तानी कार्यक्रममा मेयर शर्माले बीमा कम्पनीहरुले दाबी भुक्तानी गर्न बीमा आलटाल गर्छन् भन्ने गुनासोलाई घरमै गएर दाबी भुक्तानी गरी उत्तर दिएको बताए । बीमा हुने खानेभन्दा हुँदा खाने वर्गलाई झन बढी आवश्यक पर्ने उल्लेख गर्दै उनले बीमाको दायरा बढाउन बीमा कम्पनीहरु सहर केन्द्रित नभई गाउँ–गाउँ जानुपर्ने बताए। उनले आवश्यक सहयोगका लागि नगरपालिका सदैव तयार रहेको बताए।

कार्यक्रममा एमडीआरटी गिरीले दुर्घटना जानकारी दिएर नआउने उल्लेख गर्दै बचत र सुरक्षाका लागि सबैले आफ्नो क्षमताअनुसारको जीवनबीमा गर्नुपर्नेमा जोड दिए। कार्यक्रमको अध्यक्षता रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लुम्बिनी प्रदेशका उपप्रमुख ईश्वर पाण्डेय, सञ्चालन मणिग्राम शाखाका प्रमुख विष्णु मुराउले गरेका थिए।

एमडीआरटी माधव भुसाल तथा सिनियर एजेन्सी शालिकराम वोस्तीले आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीकी सदस्य मन्जु परियार, सैनामैना नगरपालिका वडा नं. १ का वडाध्यक्ष भुवन क्षेत्री, सैनामैना सामुदयिक वनका उपाध्यक्ष जीतबहादुर गाहा, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बुटवल शाखाका मार्केटिङ अफिसर गणेशप्रसाद पाण्डे, महेन्द्र थापा, भैरहवा शाखाका प्रमुख गणेश गैरे, देवदह शाखाका प्रमुख कमला रायमाझी, मुर्गिया शाखाका प्रमुख रेशम शाह, जीतपुर शाखाका प्रमुख रामप्रसाद अधिकारी, एजेन्सी म्यानेजरहरु, मृतकका परिवार तथा छिमेकीहरुको समेत उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS