IME Life New

रिलायबल नेपाल लाइफद्धारा घातक रोग वापत १० लाख रुपैयाँ भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी दुलेगौडा शाखाले क्यान्सर पिडीतलाई दाबी रकम रु १० लाख भुक्तानी गरेको छ । पोखरा –२१, निर्मल पोखरी स्थाइ घर भइ हाल शुक्लागण्डकी न।पा –४ , तनहुँ बाल विधा मन्दिर मा.वि मा अध्यापन गराउदै आएका तिल कुमारी भण्डारी गौतमले यस रिलायबल नेपाल लाइफ इन्स्योरेन्स दुलेगौडा शाखामा रिलायबल समुन्नती जीवन बीमा योजना खरिद गरेकी थिइन् ।

गौतमको स्वास्थ्यमा समस्या आइ उपचार गर्नै क्रममा पाठेघरको क्यान्सर भएको प्रमाणीत भएपछी घातक रोग सुविधा वापत बीमाङ्क रकम बराबर १० लाख रुपैयाँ दुलेगौडा शाखा प्रमुख शम्भु पौडेलले गौतमको निवासमै गइ भुक्तानी गरेका हुन ।

Esewa
Crest

क्यान्सर रोगका कारण पिडामा रहेको आफ्नो परिवारलाई दावी रकम भुक्तानी गरि घाउमा मलम लाउने काम गरेकोमा रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लाई गौतमले धन्यवाद दिएकी छन ।

भविष्यमा केही अप्रत्यासित घटना घटेमा त्यस बाट हुने आर्थिक क्षतिबाट बच्ने एक मात्र माध्यम बीमा रहेको बताउदै उपस्थित सम्पुर्णलाइ जीवन बीमा गरि सुरक्षित रहनुहुन दुलेगौडा शाखा प्रमुख शम्भु पौडेलेले अनुरोध गरे ।

साथै उक्त कार्याक्रममा दुलेगौडा शाखाको प्रथम एमडिआरटि तेज कुमारी अधिकारीको पनि उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS