IME Life New

रिलायबल नेपाल लाइफको एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौंस्थित होटल क्रिष्टल पशुपतिमा एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा आयोजित कार्यक्रममा एमडीआरटी २०२५ का लागि छनोट भएका ३६ जना अभिकर्ताहरूलाई सम्मान गरिएको थियो।

अन्तर्राष्ट्रिय स्तरको एमडीआरटी फोरमका लागि नेपालभरबाट छनोट भएका यी अभिकर्ताहरूले एमडीआरटी २०२५ को लागि तोकिएको बीमाशुल्क संकलन गरेका थिए। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले कम्पनीलाई अगाडि बढाउन अभिकर्ताहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै केही नयाँ अभ्यासहरू सञ्चालन गरिएको जानकारी दिए।

Esewa
Crest

साथै अभिकर्ता सञ्जालको व्यवसायिकरणलाई उच्च प्राथमिकता दिँदै मासिक तथा वार्षिक प्रोत्साहन योजना निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको उद्घाटन प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए। कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत दिपेश बाबु तिवारी, म्यानेजमेन्ट टिमका कर्मचारी तथा अभिकर्ताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा एमडीआरटीहरुले आ–आफ्नो अनुभव व्यक्त गरेका थिए । सम्मानित अभिकर्ताहरूले प्रमुख कार्यकारी अधिकृतबाट सम्मान प्राप्त गर्दा आफूहरूको मेहनतको कदर भएको महसुस गरेको र यसले अझ प्रेरणा मिलेको बताएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS