IME Life New

रिलायबल नेपाल लाइफको आइपीओ बाँडफाँड, कसले कति पाए शेयर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । उक्त आइपीओ आज निष्काशन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आइपीओमा कुल १३ लाख ६४ हजार ३ सय ५३ जना आवेदकको भेरिफाइ भएको थियो । जसमध्ये ७ हजार ५ सय १७ जनाको आवेदन रद्द भएको छ । बाकी १३ लाख ५६ हजार ८ सय ३५ जनाको आवेदन मात्र योग्य भएको छ । यस हिसाबले आवेदन दिएकामध्ये ३ लाख ९६ हजार ८ सय ३६ जनाले शेयर नपाउने भएका छन् । बाँकी ९ लाख ६० हजार जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् ।

Esewa
Crest

कम्पनीले सर्वसाधारणका लागि ९६ लाख कित्ता आइपीओ विक्री गरेको हो । कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर बाँडफाँड भएको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको हो । सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

त्यसैगरी, कुल शेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि (प्रतिशेयर अंकित मूल्य १ सय रुपैयाँका दरले) छुट्याइएको थियो ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले बीमकको वित्तीय दायीत्व बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

38%
happy

खुसी

13%
sad

दु :खी

44%
amazed

अचम्मित

0%
excited

उत्साहित

6%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS