IME Life New

रिलायन्स लाइफ इन्स्योरेन्सले सुरु गर्यो नेपालमै पहिलो पटक १८ घातक रोगको अतिरिक्त बीमा सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: रिलायन्स लाइफ इन्स्योरेन्सले ‘जीवन शान्ति बीमा योजना’ नामको नयाँ जिबन बीमा योजना ल्याएको छ । न्युनतम १६ वर्षको उमेर देखि सहभागि हुन सकिने यस योजनामा न्युनतम बीमा शुल्कमा आर्थिक स्थिरता/सुरक्षाका लागि आम सर्बसाधारण लाई सहयोग गर्ने रिलायन्स लाइफले जनाएको छ ।

यस योजनाको विशेषता भनेको न्युन बीमा शुल्कले बिमित तथा आश्रीतहरुको भविष्य तथा आर्थिक सुरक्षा हुनु हो । यस योजनामा बीमितले अतिरिक्त सुविधाहरु समेत लिन सक्ने इन्स्योरेन्सले जनाएको छ । अतिरिक्त सुविधाहरु अन्तर्गत दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्ग अशक्त सुविधा तथा बीमाशुल्क छुट सुविधा, को अतिरिक्त घातक रोग – Critical Illness सुबिधा लिन सक्ने छन् । कम्पनीले नेपालमै पहिलो पटक १८ विभिन्न घातक रोगको ‘घातक रोग’ (Critical Illness ) को सुबिधा ल्याएको छ।

Esewa
Crest

रिलायन्स लाइफ इन्स्योरेन्सले सुरु गरेको ‘घातक रोग’ (Critical Illness ) को सुबिधा यो सुबिधा ऐच्छीक सुविधा हो, थप बीमाशुल्क भुक्तानी गरी ‘घातक रोग’ (Critical Illness ) को सुबिधा लिन सकिन्छ । यो सुविधा लिन बीमितको उमेर तथा बीमा अवधिको आधारमा थप बीमाशुल्क आवश्यक पर्दछ । यो सुविधा प्रस्तावको उमेर १६ वर्ष देखि देखि नै लागु हुने कम्पनीले जनाएको छ ।
नेपालमा १८ घातक रोगहरु विरुद्धअतिरिक्त सुविधालिएर आउनेरिलायन्स लाईफ इन्स्योरेन्स पहिलो जीवन बीमा कम्पनी बनेको छ। बीमितले न्युनतम बीमाशुल्क तिरेर १८ वटा सम्म घातक रोगहरु विरुद्ध यो सुविधाको लाभ लिन सक्नेछन्, बिमितको इच्छा अनुसार कम्पनीबाट घातक रोग परिभाषित गरिए अनुसार ७ र ११ वा १८ विभिन्नघातक रोगहरु मध्ये इच्छा अनुसारको सुबिधा लिन सक्ने छन् ।

यस अतिरिक्त सुविधा लिएमा बीमितलाई कुनै पनि एक घातक रोग लागेको चिकित्सकीय रुपमा प्रमाणित भएमा बीमाड्ढ रकम बराबर वा अधिक्तम रु ५० लाख सम्म एक मुष्ठ रकम प्रदान गरिनेछ। यो अतिरिक्त सुविधा विभिन्न बीमा योजना संग संयुक्त रुपमा लिने सकिनेछ।

खुलेर जिऔं भन्ने नारा साथ सञ्चालनमा आएको कम्पनीको हाल १ अर्ब ४७ करोड चुक्ता सेयर पूँजी रहेको छ कम्पनीले सर्वसाधारणमा निकट भविष्यमा ६३ करोड सेयर जारी गर्ने योजना बनाएको छ । यससंगै कम्पनीको पूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको मुख्य प्रबर्द्धकमा सिद्धार्थ बैंक, केडिया समूह,  रिलायन्स समूह लगायत १ सय १३ जना संस्थापक लगानीकर्ता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS