IME Life New

राष्ट्रिय जीवन बीमा कम्पनीको वार्षिक साधारणसभा स्थगित, अब वैशाख १९ मा हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको पहिलो वार्षिक साधारणसभा स्थगित भएको छ। कम्पनीको आज वैशाख १४ गते कम्पनीको प्रधान कार्यालयमा अपराह्न ४ बजेबाट वार्षिक साधारणसभा हुने भनिएको थियो। तर विशेष कारणले वार्षिक साधारणसभा स्थगित गर्नुपरेको कम्पनीले जनाएको छ।

कम्पनीले वार्षिक साधारणसभा वैशाख १९ गते हुने जानकारी गराएको छ। सभा कम्पनीको प्रधान कार्यालयमा अपराह्न ४ बजेबाट हुनेछ।

Esewa
Crest

कम्पनीको नियमावलीको नियम (५१) मा भएको संक्रमणकालीन व्यवस्थाको उपनियम (१) मा साबिक राष्ट्रिय बीमा संस्थान कम्पनीमा परिणत भएपछि ६ महिनाभित्र पहिलो साधारणसभा सम्पन्न गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाबमोजिम साधारणसभा बोलाइएको कम्पनीले जनाएको छ।

सभामा ३ वटा सामान्य प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ। लेखापरीक्षकको प्रतिवेदनसहितको साविक राष्ट्रिय बीमा संस्थानको आर्थिक वर्ष २०६९।७० को वासलात, नाफा–नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणसहित अनुसूचीहरु छलफल गरी पारित गर्नेछ। सञ्चालक समितिका तर्फबाट वार्षिक प्रतिवेदन छलफल गरी सभाले अनुमोदन गर्नेछ।

सोही सभाले आर्थिक वर्ष २०७६।७७, ७७।८८ र ७८।७९ को लेखापरीक्षण गर्न महालेखापरीक्षक कार्यालयको परामर्शमा सञ्चालक समितिबाट नियुक्त भएका बाह्य लेखापरीक्षकद्वय सुवास पौडेल र विजयसिंह पराजुलीको नियुक्ति र उनीहरुको पारिश्रमिक पनि अनुमोदन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS