IME Life New

राईले छोरीको अन्नप्रासनमा दिए बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले आफ्नो छोरीको अन्नप्रासनको अवसरमा सिटिजन लाइफको बीमा पोलिसी उपहार दिएका छन् । पछिल्लो समय केक काट्ने र विभिन्न उपहार दिने विकृत प्रचलन चलिरहेको अवस्थामा राईले भने आफ्नो छोरीलाई बीमा पोलिसी उपहार दिएका हुन् ।

सिटिजनको बाल भविष्य योजना अन्तर्गत अध्यक्ष राईले ६ महिनाकी छोरीको १६ वर्षे बिमा गराएका छन् । राईले फजुल खर्च र विकृत प्रबृत्तिलाई निरुत्साहित गर्दै सुरक्षित भविष्यको लागि इन्स्योरेन्स गराएका हुन् ।

Esewa
Crest

सिटिजन लाईफ इन्स्युरेन्सको बाल भबिष्य योजनामा पाँच वटा अतिरिक्त सुबिधा रहेका छन् । बीमाको माध्यमले बचत सङ्गसङ्गै आफ्नो जीबनमा आइपर्ने जोखिम समेत बहन गर्ने भएकाले सिटिजनको बाल भबिष्य योजना अभिभावकको छनोटमा पर्ने गरेको छ ।

अन्नप्रासन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुधन किराती, पुर्वअर्थमन्त्री जनार्दन शर्मा, सांसद माधव सापकोटा, प्रदेश सांसद गोम्बु शेर्पा कज्र्याङ, सिटिजन लाईफ इन्स्युरेन्स सिनियर एजेन्सी म्यानेजर किशोर पोखरेल, भेषराज भट्टराई, एजेन्सी म्यानेजर सुरेशबाबु जमरकट्टेल, ध्रुब पराजुली, स्वयंम्भु साखा प्रमुख कल्पना कार्कीलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS