IME Life New

रवि लामिछानेलाई काठमाडौंमा, नौमति बाजाले स्वागत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चितवनमा १० दिन लामो प्रहरी हिराशतबाट सोमबार रिहा भएका न्यूज २४ का सञ्चारकर्मी रवि लामिछाने केही बेरअघि काठमाडौंमा आईपुगेका छन् ।

Esewa
Crest

भरतपुरबाट जहाजमा काठमाडौं आएका लामिछानेलाई विमानस्थलमा उपस्थित मानिसहरुले भव्य स्वागत गरेका थिए । नौमति बाजासहित विमानस्थलमा रविको स्वागत गरिएपछि गाडी चढेर विमानस्थलबाट बाहिरिएका छन् । विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले भने, ‘जिउँदा मानिसहरुले त दुःख दिन खोजेकै थिए मरेको मानिसलाई उठाएर दुःख दिने प्रयास गरियो यो भन्दा यस विषयमा बोल्दिन ।’

काठमाडौं आउनुअघि उनले चितवनमा भव्य र सभ्य आमसभा आयोजना गरेका थिए । उनलाई सोमबार अबेर चितवन जिल्ला अदालतले आत्महत्या दुरुत्साहन अभियोगमा पाँच लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।

लामिछाने काठमाडौंस्थित विमानस्थलमा ओर्लेपछिको भिड व्यवस्थापन गर्न प्रहरीलाई हम्मे हम्मे परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS