IME Life New

रविले छोरा र श्रीमतीको जन्मदिनमा दिए बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विवाह, व्रतवन्ध, पास्नी जन्मदिन लगायत विशेष दिनको शुभ कार्यमा आफन्तजनलाई उपहार दिने चलन हाम्रो समाजमा दिनानु दिन बढ्दै गई रहेको छ। समय अनुसार उपहार दिने चलन पनि परिवर्तन हुदै गईरहेको छ। उपहार नै दिनु परेपछि जिवनकै अमुल्य उपहारका रुपमा विमा पोलिसी दिने चलन पछिल्लो समयमा बढ्दै गईरहेको छ। जुन जिवन रहँदा र जिवन पश्चात पनि पछि सम्मको लागि सम्झने बाटो भईरहन्छ।

गोकर्णेश्वर नगरपालिका काठमाडौं स्थाई बसोवास गर्ने रवि तामाङ्गले आफ्नो छोरा रविन तामाङ्गको विशेष दिनमा र श्रीमति निशा श्रेष्ठ (तामाङ्ग) को जन्मदिनको पावन अवसरमा क्रमश वाल उन्नति योजना र सावधिक योजना बीमा पोलिसी उपहार दिएका छन्।

Esewa
Crest

उक्त बीमा पोलिसएलआईसी नेपाल चावहिल शाखाका वरिष्ठ अभिकर्ता मधुसुधन पण्डितले हस्तान्तरण गर्नुको साथै बीमा आजको समयमा सबैको लागि अनिवार्य रहेको बताए ।

बचत गर्ने विभिन्न माध्यम भए पनि अनिवार्य रूपमा बचत गर्न सकिने र भवितब्य परिहाले आर्थिक क्षतिपूर्ति समेत पाइने हुनाले जीवन बीमा आजको परिवेशमा सबैको लागि नितान्त आवश्यक रहेको र आज हामीले समयमा गरेको वीमाले भोलि हाम्रो परिवारलाई थप सुखमय रहन मद्दत पुग्छ भनी चावहित शाखाका ब्रान्च म्यानेजर नरेन्द्र विष्टले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS