IME Life New

यूनियन लाईफ दोस्रो बर्षमा प्रवेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चालु आवको दुई महिनामा २२ करोड बीमाशुल्क संकलन
काठमाडौं: यूनियन लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको पहिलो दुई महिनाको अवधिमा २२ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको छ । हालसम्म कम्पनीले ८२ हजार भन्दा बढी बीमालेख जारी गरीसकेको छ । त्यस्तै कम्पनीले गत आवमा ८६ करोड ५० लाख प्रथम बीमाशुल्क संकलन गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले बताए ।

सञ्चालनको पहिलो बर्ष पुरा गरी दोस्रो बर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत कर्णले कम्पनीले गत बर्षको बीमा ब्यवसायबाट १० करोड ७७ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको बताए । गत आवमा कम्पनीको जीवन बीमा कोष ३७ करोड ३० लाख रुपैयाँ रहेको थियो ।

Esewa
Crest

कम्पनीले स्थापना भएको एक बर्षको अवधिमा बीमा समितिबाट ७५ वटा शाखा सञ्चालन अनुमती पाएको छ । जसमध्ये अधिकांश शाखा तथा उपशाखा कार्यालयहरु संचालनमा आईसकेका छन् भने थप कार्यालयहरु क्रमिक रुपमा संचालनमा आउने क्रममा रहेको कम्पनीले बताएको छ ।

२ अर्ब १५ करोड रुपैयाँ जारी पूंजी रहेको यस कम्पनीका १० प्रकारका बीमा योजनाहरु रहेका छन् । जसमा सिमित भुक्तानी सावधिक जीवन बीमा योजना, अग्रिम भुक्तानी तथा आजिवन जीवन बीमा योजना, बाल (सावधिक) जीवन बीमा योजना, सावधिक तथा आजिवन जीवन बीमा योजना, सावधिक जीवन बीमा योजना, सिमित भुक्तानी (सावधिक तथा आजिवन) जीवन बीमा योजना, बार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना, सामूहिक म्यादी जीवन बीमा योजना, सावधिक लघु जीवन बीमा योजना र बैदेशिक रोजगार म्यादी जीवन बीमा योजनाहरु रहेका छन् ।

कम्पनीको संचालक समितिमा अध्यक्ष शुलभ अग्रवाल र संचालकहरुमा शेखर गोल्छा, संदिप कुमार अग्रवाल र जीवन कुमार अग्रवाल रहेका छन् । यसैगरी कम्पनीको मुख्य लगानीकर्ताहरुमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, राजेश हार्डवेयर र टिवडेवाल ग्रुप रहेका छन् ।

गत २०७४ बैशाख २४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको यूनियन लाईफले समितिबाट गत २०७४ असार २० गते सञ्चालन अनुमति पाएको थियो । त्यसैगरी कम्पनीले गत असोज ४ गते आफनो औपचारिक व्यवसाय सुरुवात गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS