IME Life New

यूनियन लाईफ इन्स्योरेन्सका बीमा योजनाहरु सिभिल बैंकबाटै खरिद गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं: सिभिल बैंक लिमिटेडले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले यूनियन लाईफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । सम्झौतापत्रमा  यूनियन नेपाल लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्ण र सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले हस्ताक्षर गरेका छन् ।

 

Esewa
Crest

सिभिल बैंकका ग्राहकहरुले बैंकका सम्पुर्ण शाखा कार्यालयबाट यूनियन लाईफ इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

जीवन बीमा ब्यवसायको माध्यमबाट देशभर छरिएर रहेकोे आर्थिक श्रोत र साधनलाई जीवनबीमा शुल्कका रुपमा संकलन गरी देशको आर्थिक बिकासमा योगदान पुर्याउने र समग्र नेपालीहरुको आर्थिक जीवनस्तर सुदृढ तुल्याउने अभिप्रायले स्थापित यूनियन लाइफ इन्स्योरेन्स पछिल्लो समय बीमा बजारमा निकै आक्रामक तथा सफल देखिएको छ।

कम्पनीले हाल विभिन्न १० किसिमका बीमा योजनाहरु संचालन गरेको जनाएको छ । कम्पनीका बीमा योजनाहरुमध्ये अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजना र बार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना लोकप्रिय बन्दै गैरहेको कम्पनीले जनाएको छ।

युनियन लाईफले नयाँ जीवन बीमा कम्पनीहरु माझ उल्लेख्य बीमा शुल्क जम्मा गरेर नेतृत्व गरिरहेको छ। युनियन लाईफले गत आर्थिक वर्ष बीमा क्षेत्रमा इतिहाश रच्दै सबैभन्दा धेरै ८६ करोड ५० लाखको व्यवसाय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS