IME Life New

यूनियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । कम्पनीको ८ दशमलव ९७ प्रतिशत बोनश शेयरको मुल्य समायोजन पछि मूल्य ४७८ रुपैयाँ ११ पैसा कायम गरेको छ । कम्पनीको अन्तिम शेयर मूल्य ५२१ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १६ गते बुक क्लोज गरेसँगै नेप्सेले आज शेयर मूल्य समायोजन गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई ८ दशमलव ९७ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

Esewa
Crest

उक्त प्रस्ताव पारितका लागि कम्पनीले माघ २६ गते साधारण सभा आयोजना गरेको छ । सभा टाइगर प्यालेस रिसोर्ट भैरहवा, रुपन्देहीमा बिहान १०ः३० बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS