IME Life New

युनियन लाईफद्धारा अभिकर्ता अभिनन्दन कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

युनियन लाईफ ईन्स्योरेन्सले क्षेत्रीय कार्यालय नेपालगन्जको आयोजनामा तथा अभिकर्ता अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ४ सय जना अभिकर्ताहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै, प्रमुख कार्यकारी अधिकृत कर्णले एजेन्टको परिभाषा बदल्नुपर्ने भन्दै आफ्नो ब्यक्तिगत धारणा राखेका थिए । एजेन्ट होइन एम्बेसडर राख्नुपर्ने धारण व्यक्त गरे । केहि अभिकर्ताहरु एजेन्ट शब्दले गर्दा कार्य गर्न हिच्किचाएको जानकारी दिए ।

Esewa
Crest

अभिकर्ताको मागलाई सम्बोधन गर्दै युनियन लाईफले क्लब संरचनाको ब्यबस्था गरेको बताउँदै, क्लब प्रबेश गर्ने जो कोहि अभिकर्ता करोडपती बनेर निस्कने भन्दै क्लब प्रबेश गर्ने बिस्तृत उपाएहरुको बारेमा जानकारी दिए ।

बीमा  जगतमै पहिलो प्रयोग गरेको क्लब संरचनाले वर्निङ डिजाएर भएका राम्रा अभिकर्ता आकर्षित हुने बताए । कार्यक्रममा सहभागी उत्कृष्ट अभिकर्ताहरुलाई अभिनन्दन तथा कार बिजेता अभिकर्ताहरुलाई कारको चावी हस्तान्तरण समेत गरिएको थियो ।

बीमा जगतमै बेग्लै पहिचान बनाउन सफल युनियन लाईफ कम्पनिले एमडीआरटि क्लवमा ६ जना अभिकर्ता आबद्ध गराईसकेको छ । कार्यक्रममा सहभागि हुनको लागि यूएसएको भिसा प्रकृयामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS