IME Life New

यी हुन् कयाललाई गैर कानूनी रुपमा एकै पटक तीन तह बढुवा सिफारिस गर्ने व्यक्तिहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामान्य कर्मचारीले जागिर गरेको कति समयपछि १,२,३,४ या अरु बढी वर्षमा पदोन्नती हुन्छ ? नेपालमा सबै भन्दा बढी बीमितको पैसा संकलन गरेको जीवन बीमा कम्पनीले नै नेपाल बीमा प्राधिकरणले जारि गरेको संस्थागत सुशासन निर्देशिकाको मात्र उलंघन नभएर कम्पनीकै  कर्मचारी विनियमावलीको पनि ठाडो उलंघन गर्दै संचालक समितिको कृपाले अमित कुमार कयाललाई पाल बीमा प्राधिकरण (साविक बीमा समिति) ले नेपाल लाईफमा  शुरु नियुक्ति नै अवैध ठहर गर्दै नेपाल लाईफ इन्स्योरेन्सलाई जरिवाना समेत गरेकोमा कारवाही गरेको साढे सात महिना पनि बित्न नपाउँदै उनलाई संचालक समितिले असोज १, २०७९ देखि लागु हुने गरि एकै पटक तीन तह बढुवा गरि नायब प्रमुख कार्यकारी अधिकृत बनाएको थियो ।

क–कसले गर्यो  कयालको बढुवा सिफारिस गर्ने निर्णयः
नेपाल लाईफ इन्स्योरेन्सको पदपूर्ती समितिमा संचालक समिति अध्यक्ष गोबिन्दलाल संघाईका बिश्वास पात्र  कैलाश विकास बैंक र महालक्ष्मी विकास बैंकक पूर्व सीईओ कृष्ण राज लामिछाने संयोजक, संघाईका अर्का बिश्वास पात्र १५ वर्ष सम्म स्वतन्त्र संचालक त्यसपछि कुनै अमुख कम्पनीको प्रतिनिधि (संस्थापक समूह)बाट संचालकमा जस्केलाबाट भित्रिएका कमलेश कुमार अग्रवाल सदस्य, आफुलाई व्यवसायिक सीईओ दावी गर्ने प्रबिण रमण पराजुली सदस्य र मानव संसाधन विभाग प्रमुख समेत रहेकी बन्दना शर्मा शिवाकोटी सदस्य सचिव रहेका छन् ।

Esewa
Crest

उनीहरुले नै कयाललाई  सहायक महाप्रबन्धक पदबाट नियम विपरित साढे सात महिना पनि बित्न नपाउँदै उनलाई संचालक समितिमा  एकै पटक तीन तह बढुवा गरि नायब प्रमुख कार्यकारी अधिकृत बनाउन सिफारिस गरेका हुन् ।

नेपाल लाईफमा अमित कयालको गैर कानूनी रुपमा एकै पटक तीन तह बढुवा, प्राधिकरण बनिरहन्छ रमिते

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

9%
happy

खुसी

4%
sad

दु :खी

13%
amazed

अचम्मित

0%
excited

उत्साहित

74%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS