IME Life New

यस्ता ३२ वटा कसुर गरेर आर्जित पैसाले बीमा गर्न पाइदैन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा पोलिसी खरिद गर्दा कालोधन प्रयोग गर्न पाइदैन । बीमाको सिद्धान्त अनुसार असल नियतका साथ खरिद गरिने बीमा पोलिसीको बीमा शुल्क पनि शुद्ध हुनु पर्छ । अपराधजन्य कार्यबाट प्राप्त सम्पत्तीलाई शुद्धीकरण तथा आतङ्कबादी कृलाकलापमा वित्तीय लगानी गर्ने कार्यलाई वाञ्छनीय मानिएको छ ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अनुसार निम्न अपराधिक कार्य तथा कसुर मार्फत आर्जन भएको रकम बीमा पोलिसी खरिद गर्न प्रयोग गर्न पाइदैन ।

Esewa
Crest

(क) संगठित अपराधिक समूह र गैरकानूनी वा धुत्र्याइपूर्वकको असूली (र्याकेटरिङ्ग) मा सहभागी हुने सम्बन्धी,

(ख) विध्वंसात्मक कार्य लगायत आतङ्कवाद सम्बन्धी,

(ग) जुनसुकै प्रकारको मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी,

(घ) बाल यौन शोषण लगायत जुनसुकै प्रकारको यौन शोषण सम्बन्धी,

(ङ) लागू औषध तथा मनोद्विपक पदार्थको गैरकानूनी ओसारपसार सम्बन्धी,

(च) हातहतियार खरखजानाको गैरकानूनी ओसारपसार सम्बन्धी,

(छ) चोरी गरिएको वा अन्य वस्तुको गैरकानूनी ओसारपसार सम्बन्धी,

(ज) भ्रष्टाचार तथा घुस सम्बन्धी,

(झ) ठगी सम्बन्धी,

(ञ) कीर्ते सम्बन्धी,

(ट) खोटा सिक्का वा मुद्रा सम्बन्धी,

(ठ) नक्कली वस्तुको उत्पादन तथा उत्पादनको गैरकानूनी प्रतिलिपि वा चोरी (पाइरेसी अफ प्रोडक्टस्) सम्बन्धी,

(ड) वातावरण सम्बन्धी,

(ढ) ज्यान लिने तथा अंगभंग सम्बन्धी,

(ण) अपहरण, गैरकानूनी थुना वा शरीर बन्धक सम्बन्धी,

(त) चोरी वा डकैती सम्बन्धी,

(थ) तस्करी (भन्सार, अन्तशुल्क तथा कर सहित) सम्बन्धी,

(द) कर (प्रत्यक्ष वा अप्रत्यक्ष समेत) सम्बन्धी,

(ध) आपराधिक लाभ (एक्स्टर्सन) सम्बन्धी,

(न) सामुद्रिक डकैती (पाइरेसी) सम्बन्धी,

(प) धितोपत्र वा कमोडिटिज बजारलाई प्रतिकूल प्रभाव पार्ने (मार्केट म्यानिपुलेसन) वा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) सम्बन्धी,

(फ) प्राचीन स्मारक संरक्षण सम्बन्धी,

(ब) वन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण सम्बन्धी,

(भ) मुद्रा, बैंकिङ, वित्तीय, विदेशी विनिमेय, विनिमेय अधिकारपत्र, बीमा वा सहकारीसँग सम्बन्धी,

(म) कालोबजार, उपभोक्ता संरक्षण, प्रतिष्पर्धा वा आपूर्ति सम्बन्धी,

(य) निर्वाचन सम्बन्धी,

(र) सञ्चार, प्रशारण, विज्ञापन सम्बन्धी,

(ल) यातायात व्यवसाय, शिक्षा, स्वास्थ्य, औषधी वा वैदेशिक रोजगार ठगी सम्बन्धी,

(व) फर्म, साझेदारी, कम्पनी वा संघ संस्था सम्बन्धी,

(श) घर, जग्गा र सम्पत्ति सम्बन्धी,

(ष) चिठ्ठा, जुवा वा चन्दा सम्बन्धी,

(स) नागरिकता, अध्यागमन वा राहदानी सम्बन्धी ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS