IME Life New

यसकारण खोसाखोस हुँदैछ नेपाल पुनर्बीमाको शेयर, पूँजी नबढाई सुखै छैन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

हालै आईपीओ जारी गरेर दोस्रो बजारमा किनबेच भइरहेको नेपाल पुनर्बीमा कम्पनीको शेयर खोसाखोस भएर सर्वसाधारण लगानीकर्ताको हातबाट फुत्किदै गएको देखिएको छ ।

केही ठूला वाणिज्य बैंक र संस्थागत लगानीकर्ताहरुले पुनर्बीमा कम्पनीको शेयरमा उल्लेखनीय रुपमा लगानी बढएपछि आईपीओ हात पार्ने चार लाख लगानीकर्ताको हातबाट शेयर फुत्किएर डेढ लाख लगानीकर्ताको हाराहारीमा झरेको आँकलन गरिएको छ । कम्पनीले केही दिन भित्रैमा गर्ने साधारण सभामार्फत सर्बसाधारण शेयरधनीको कोटाबाट संचालक निर्वाचित गर्न केही संस्थागत र ठूला लगानीकर्ताहरुले शेयर संकलन गर्दै गरेकाले पनि पछिल्लो समय पुनर्बीमाको शेयर कर्नरिङ्ग बढेको हो ।

Esewa
Crest

स्रोत भन्छ, ठूला वाणिज्य बैंकले तत्काल नाफा सुरक्षित गर्न शेयर बिक्री गर्ने संभावना छैन भने संचालक निर्वाचित गराउने दौडमा रहेकाले संकलन गरेका शेयर बुक क्लोज नभएसम्म बिक्रीमा आउँदैनन् । यसैबीचमा सर्बसाधारणको हातमा रहेको शेयरको कर्नरिङ्ग अरु बढेर जान सक्छ ।

आईपीओ मार्फत बिक्रीमा आएको शेयर एक करोड ६० लाख कित्ता मध्ये ५० प्रतिशत अर्थात ८० लाख कित्ता शेयर बिक्रीमा नै नआउने हुँदा बाँकी ८० लाख कित्ता नै बजारमा घुमिरहने हो । त्यो शेयर ठूला संस्थागत र ब्यक्तिगत लगानीकर्ताले कर्नरिङ्ग गर्दा शेयरको अभाव हुन गई मूल्य बढ्न जाने अबस्था छ । स्वदेशमा मात्रै नभई विदेशमा रहेका लगानीकर्ताको समेत पुनर्बीमा कम्पनीको शेयरमा अचम्मको आकर्षण देखिएको हुँदा आपुर्ति भन्दा माग पक्ष बलियो देखिदै आएको छ ।

अघिल्लो साता एकैदिन सात लाख ३२ हजार कित्ता अर्थात ६७ करोड बराबरको शेयर किनबेच भएको पुनर्बीमा कम्पनीको पछिल्ला दिनमा शेयर बिक्रेताहरु घटेकाले दुई लाख कित्ताको हाराहारीमा कारोबार भईरहेको छ । अहिले किनबेचमा आर्ईरहेका शेयरमध्ये कारोबार संख्या हेर्ने हो भने ७० प्रतिशत आईपीओकै शेयर रहेको देखिएको छ, जसले शेयर कर्नरिङ्गको प्रष्ट संकेत देखिन्छ ।

मुल्य उचालिएर ९३३ रुपैयाँसम्म पुगेको शेयर ८३८ सम्म झरेको थियो भने यसबीचमा झण्डै ३० लाख कित्ता कारोबार भयो । यसबीचको मूल्य प्रतिकित्ता ८८० रुपैयाँ रहेकाले महंगोमा शेयर उठाउनेहरु नै धेरै छन् । ठूला बाणिज्य बैंकहरुले प्रतिकित्ता ९०० रुपैयाँ भन्दा माथि गएर शेयर उठाएको बताईन्छ ।

केही बीमा कम्पनीहरुले पनि दोस्रो बजारबाट पुनर्बीमाको शेयर उठाएर आफ्नो पकड राख्न चाहेका बताइन्छ । बीमा कम्पनीहरुले पुनर्बीमामा ३९ प्रतिशत हिस्सेदारी कायम गरेका छन् । जसले संस्थापक शेयर धारण गरेका छैनन्, ती बीमा कम्पनीहरुले पुनर्बीमाको साधारण शेयरमा स्वामित्व बढाइरहेको बताइन्छ ।

ईक्रा रेटिड. ग्रेड २ पाएर आईपीओ बिक्री गरेपछि चुक्ता पूँजी १० अर्ब कायम गरेको यस कम्पनीलाई फेरि पनि पूूँजी नबढाई सुखै छैन किनभने अन्तराष्ट्रिय बीमा कारोबार बढाउँन उसले अन्तराष्ट्रिय मान्यता प्राप्त संस्थाबाट रेटिड. गराउनु पर्छ । राम्रो रेटिड. प्राप्त गर्न पूँजी, जगेडा कोष र बीमा कोष सबल हुनु र नेटवर्थ मजबुत रहेको प्रमाणित गर्नु एकदम आबश्यक छ ।

अहिले ३० देशमा बीमा कारोबार फैलाएर ६० करोड भन्दा बढी प्रिमियम स्वदेश ल्याएको छ भने स्थापनाको पाँच बर्षमा २१ अर्ब रुपैयाँ बराबरको विदेशिने पुनर्बिमा रकम रोक्न कम्पनी सफल भएको छ । स्वदेशी बीमा कम्पनीहरुले कम्तिमा २० प्रतिशत पुनर्बीमा यही कम्पनीमा गर्नुपर्ने अनिवार्यताले यसको कारोबारको दायरा बढ्दै गएको छ । कारोबार र जोखिम बहन क्षमता बढाउँन सोल्भेन्सी मार्जिन पनि नबढाउने हो भने कम्पनीको प्रगति अबरुद्ध हुनसक्छ ।

केही बीमा कम्पनीहरुले आफ्नो सबै पुनर्बीमा यही कम्पनीमा गराईरहेको जोखिमको भार अत्यधिक बढेको छ । विदेशबाट ल्याईएको पुनर्बिमामा पनि दावी पर्ने क्रम बढेकाले कम्पनीले जोखिम बहन क्षमता उच्च बनाउँनै पर्छ ।

पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी रायमाझी पनि जोखिम बहन क्षमता उच्च बनाउनु पर्ने भएकाले त्यसका लागि आन्तरिक गृहकार्य जारी रहेको बताउँछन् ।

गत बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार पुनर्बिमाको जगेडा कोष दुई अर्ब ७९ करोड र बीमा कोष एक अर्ब ४७ करोड छ । बीमा गर्नेहरुको नै बीमा गर्ने अर्थात धेरै जोखिम लिने कम्पनी भएकाले उसको पूँजी, जगेडा र बीमा कोष अति न्युन हो । नेपाल सरकारकै ४४ प्रतिशत हिस्सेदारी रहेको कम्पनी भएकाले बीमा दावी भुक्तानी गर्न नसकिए सरकारकै अन्तराष्ट्रिय बेईज्जत हुने खतरा रहन्छ । कम्पनी यसै बर्ष चुक्ता पूँजी बढाउन बाध्य हुनुपर्छ । यस कारण पनि हकप्रद बिक्रीमा आउँछ भन्ने हल्लालाई पुरै आधारहिन भन्न मिल्दैन । तर कहिले भन्ने मात्रै प्रश्न हो ।

कम्पनी स्थापनाको पाँच बर्षसम्म लाभांश वितरण गर्न नपाउने नियमले अघिल्लो आर्थिक बर्षको नाफाबाट कम्पनीले केही वितरण गर्न सकेन तर यस बर्षको नाफाबाट १५ प्रतिशतसम्म बोनस शेयर आउन सक्ने संभावना छ । आगामी बर्षहरुमा पनि कम्पनीले नगद नभई बोनश मात्र वितरण गरी पूँजी बढाउनुपर्ने हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS