IME Life New

मौद्रिक नीति आज सार्वजनिक हुँदै, बैंकको कर्जा दिन सक्ने क्षमता घटाउदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अपरान्ह ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । अहिले राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बसिरहेको छ । सञ्चालक समितिले मौद्रिक नीति पारित गरे पछि गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गर्नेछन् ।

गभर्नर अधिकारीले हिजो बिहीवार प्रधानमन्त्री शेयर बहादुर देउवा सँग छलफल गरेका थिए । उनले मौद्रिक नीतिलाई ब्रिफिङ गरे सँगै मौद्रिक नीतिको सैद्धान्तिक पक्षमा सहमति लिएका थिए । देशको अर्थतन्त्र र लिक्वीडीटीलाई मध्यनजर गर्दै विज्ञहरुले यस वर्ष कर्जा प्रवाहमा टाइट गर्न सुझाव दिदै आएका छन् ।

Esewa
Crest

चर्चामा आए अनुसार नेपाल राष्ट्र बैंकले यस भन्दा अगाडी स्थगन गरेको काउन्टर साइक्लिकल बफरलाई पुनः कार्यालय गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले कोभिड १९ पछि बैंकहरुलाई कर्जा प्रवाह गर्न सक्ने क्षमता बढाउन यस्तो व्यवस्था स्थगन गरेको थियो । तर अहिले बैंकिङ प्रणालीमा देखिएको चरम तरलता अभावलाई मध्यनजर गर्दै कर्जा प्रवाह गर्न सक्ने क्षमता घटाउन पुनः यस्तो व्यवस्था लागु गर्ने तयारी गरेको हो ।

गभर्नर महाप्रसाद अधिकारीको यो तेस्रो मौद्रिक नीति हो । उनले पहिलो मौद्रिक नीति कोरोना महामारीको चरम अवस्थामा ल्याएका थिए । कोभिड १९ ले थिलिएको अर्थतन्त्रलाई उकास्ने हिसावले त्यति वेला ल्याइएको मौद्रिक नीतिले नै अहिलेको अवस्था आएको विश्लेषण हुँदै गर्दै अधिकारीले आफ्नो तेस्रो मौद्रिक नीति मार्फत आफुले नै भत्काएका कतिपय व्यवस्थालाई करेक्सन गर्न खोजेका छन् ।

गभर्नरले अनिवार्य तरलता अनुपात ३ प्रतिशतलाई ५ देखि ६ प्रतिशत पुर्‍याउने तयारी गरेका छन् । स्थायी तरलता सुविधा पनि ८ देखि ९ प्रतिशत पुर्‍याउने उनको योजना छ । काउन्टर साइक्लिकल बफरलाई पुनः कार्यान्वयनमा ल्याए सँगै पूँजी पर्याप्तता अनुपात ११ प्रतिशत राख्दै आएका बैंकले अव १३ प्रतिशतसम्म राख्नु पर्ने हुन्छ । यस सँगै बैंकहरको ऋण दिने क्षमतामा ठुलो ह्रास आउनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS