IME Life New

मेट लाइफले ल्यायो माई चाईल्डस एडूकेशन प्रोटेकशन प्लान, यस्ता छन् विशेषता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अभिभावकहरूलाई आफ्ना साना बालबालिकाहरूको भविष्य र सपनाहरू सुरक्षित गर्न मद्दत गर्दै, मेटलाइफले यस हप्ता आफ्नो नयाँ बीमा योजना “माई चाईल्डस एडूकेशन प्रोटेकशन प्लान“ प्रचलनमा ल्याएको छ । यो बीमा योजना ३१ दिन देखि १५ वर्ष उमेरका बालबालिकाहरुको लागि संरक्षण प्रदान गर्न तयार गरिएको हो । यस योजनाको उद्देश्य बालबालिकाहरुले जीवनमा जस्तोसुकै चुनौतीहरू सामना गर्नु परे पनि उनीहरूको शैक्षिक आकांक्षाहरूको निरन्तरता सुनिश्चित गर्नु हो ।

यस बीमा योजना एक बृहत समाधान हो जसले बालबालिकाहरुलाई मात्र नभई अभिभावक (बीमालेख मालिक) लाई पनि बीमा कभरेज प्रदान गर्दछ । अभिभावक (बीमालेख मालिक)को दुर्भाग्यपूर्ण मृत्युको अवस्थामा, यस योजनाले बीमांक रकमको १०० प्रतिशत बराबर एकमुष्ठ भुक्तानी प्रदान गर्दछ साथै यसको अतिरिक्त, भविष्यमा भुक्तानी गर्नु पर्ने बीमाशुल्कको छूट तथा बीमा योजनाको बीमांक रकमको २% बराबरको मासिक आय लाभ समेत प्रदान गर्दछ । यो बीमालाभले अभिभावकको अनुपस्थितिमा पनि बालबालिका प्रति शैक्षिक जिम्मेवारीहरूलाई साथ दिइरहने कुरा सुनिश्चित गर्दछ ।

Esewa
Crest

अभिमावक (बीमालेख मालिक) लाई हुन सक्ने सम्भावित अशक्तता, दुर्घटना र घातक रोगहरू बिरुद्ध रक्षावरणका लाागि विभिन्न पूरक करारहरु मध्येबाट छनौट गर्ने विकल्प पनि छ । न्यूनतम बीमांक रकम रु २५०,००० र अधिकतम रु ५,०००,००० भएको यो योजनामा १० देखि २५ वर्षसम्मको लचिलो बीमा अवधिहरु मध्ये छनौट गर्न सकिन्छ । यस्तो बहुमुखी योजनाले आमाबाबुलाई आफ्नो बालबालिकाको शैक्षिक र भविष्यका आवश्यकताहरू अनुरूप सबै भन्दा उपयुक्त बीमालाभहरु छनौट गरी रक्षावरण प्राप्त गर्न मद्दत गर्दछ । यसले परिवारहरूका लागि उनीहरूका बालबालिकाहरुलाई उनीहरूले पाउने अवसर र पाउनु पर्ने आवश्यक मद्दतको सुनिश्चित गर्दै, जीवनमा जस्तोसुकै आईपर्ने चुनौतीहरूविरुद्ध सुरक्षा समाधान प्रदान गर्दछ ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, “माई चाईल्ड एडुकेशन प्रोटेकशन प्लान“ ले नेपालको युवाहरूको भविष्यका लागि हाम्रो आश्वासनलाई प्रतिनिधित्व गर्दछ । हामी बुझ्दछौं कि शिक्षा उज्ज्वल भविष्यको लागि चाबी/कुञ्जी हो, र यो योजना आमाबाबु वा अभिभावकहरूप्रति हाम्रो प्रतिबद्धता हो कि हामी वहा“हरूका बालबालिकाहरूको सपनाहरू सुरक्षित गर्न यहाँ छौं । यो सफलताको लागि र प्रत्येक बालबालिकाको यात्राको लागि सुरक्षित मार्ग प्रशस्त गर्ने वाचा हो ।”

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

40%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS