IME Life New

मेट लाइफको २६.७१%ले बढ्यो नाफा, महाविपत्ति कोषमा सवा ४७ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेट लाइफ (अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी)ले चालु आर्थिक वर्ष २०८०।८१ को तस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ।

तेस्रो त्रैमाससम्म कम्पनीले २७ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २१ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २६.७१ प्रतिशतले बढेको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म महाविपत्ति कोषमा ४७ करोड २८ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको महाविपत्ति कोषमा ४४ करोड ५८ लाख रुपैयाँ थियो। महाविपत्ति कोषको आकार ६.०३ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीको रिटेन्ड अर्निङमा २ अर्ब १८ करोड ३० लाख रुपैयाँ र अन्य इक्विटीमा ९६ करोड ३३ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म रिटेन्ड अर्निङमा २ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ र अन्य इक्विटीमा ९० करोड ९४ लाख रुपैयाँ थियो।

चैत मसान्तसम्म कम्पनीले ४ अर्ब १३ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३ अर्ब ८७ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ६.७७ प्रतिशतले बढेको छ।

कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ९७ करोड ५९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३ अर्ब ७२ करोड ३४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ६.७७ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ३६ करोड ७ लाख रुपैयाँ अभिकर्ता कमिसनमार्फत खर्चिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३५ करोड २४ लाख रुपैयाँ खर्चिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS