IME Life New

मिर्मिरे लघुवित्तले दियो २५ शाखाका प्रमुखलाई कर्जा व्यवस्थापन तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सुदुर पश्चिम प्रादेशिक कार्यालयको संयोजनमा प्रदेश कार्यालय अन्तर्गतका २५ वटा शाखा प्रमुहखहरुलाई टिकापुर कैलाली स्थित होटल ग्रिन एशियामा कर्जा व्यवस्थापन तथा प्रभावकारी कार्य संचालन तालिम दिएको छ । आर्थिक वर्षको शुरुवातबाट नै संस्थाले गुणस्तरीय लघुवित्त कारोवारमा आफ्ना कर्मचारीहरुलाई दक्ष बनाउनको लागि तालिमको आयोजना गरिएको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशी, सहायक कार्यकारी प्रमुख बिर्ख बहादुर बोहरा, कर्जा तथा जोखिम विभाग प्रमुख वेद प्रसाद आचार्य, संस्थाका संचालक प्रवीण भट्टराई, जिल्ला मालपोत कार्यालय टिकापुरका अमिन लोकेन्द्र बहादुर बोहराले सहभागीहरुलाई सहजिकरण गरेका थिए ।

Esewa
Crest

पछिल्लो समयमा लघुवित्त क्षेत्रमा बढ्दै गएको जोखिमसंगै दैनिक रुपमा कार्यसंचालनमा कर्मचारीहरुलाई समय समयमा अद्यावधिक गर्दै जानुपर्ने अवस्था भएकाले तत्कालै यस किसिमका कार्यक्रमहरु आयोजना गरिएको संस्थाका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि टेकबहादुर बोहराले जानकारी गराए ।

संस्थाका कर्मचारीहरुले गरेको मिहिनेतले नै गत आर्थिक वर्षमा मिर्मिरेले राम्रो उपलब्धी हासिल गरेकोले यसको श्रेय कर्मचारीहरुलाई नै जाने र आन्तरिक रुपमा नै कर्मचारीहरुलाई अब्बल बनाउँदै लाने उनले बताए ।

कार्यक्रममा संस्थाको सातै प्रदेशका प्रमुख एवं उपप्रमुखहरुले सहभागिहरुसंग आफ्नो अनुभव आदानप्रदान समेत गरेका थिए । सुदुर पश्चिमप्रदेश प्रमुख स्वयम्भु श्रेष्ठले संचालन गरेको कार्यक्रमको उद्घाटन दिप प्रज्वलन सहित संस्थाका अध्यक्ष टेक बहादुर बोहराले गरे ।
संस्थाले टिकापुरमै भोलीआइतबार प्रदेश प्रमुख तथा उप–प्रमुखहरु, कार्यकारी प्रमुखहरु, विभागीय प्रमुख सहित चालु आर्थिक वर्षको प्रभावकारी कार्य संचालनको लागि रणनीतिक कार्य योजनाहरु तयार गर्ने प्रयोजनका लागि कार्यशाला गोष्ठी संचालन गर्ने भएको छ ।

मिर्मिरे लघुवित्तले हालै प्रकाशित गरेको गत आ.व.को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार २० करोड ८१ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै, संस्थाको चुक्तापुँजी ५२ करोड २० लाख ८५ हजार रुपैयाँ रहेकोमा जगेडा कोषको आकार ७९.७१ प्रतिशतले बृद्धि भई ४५ करोड १९ लाख ११ हजार रुपैयाँ सञ्चित रहेको छ ।

खुद नाफामा सामान्य सुधार देखिएसँगै संस्थाको प्रतिशेयर आम्दानी(ईपीएस) ३९ रुपैयाँ ८८ पैसा पुगेको छ त्यस्तै, प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ५६ पैसा रहेको छ भने यस अवधिसम्म लुघवित्तको खराब कर्जापनि घटेर १.६५ प्रतिशतमाझरेको छ । अघिल्लो आ.व.को उक्तअवधिसम्ममा लघुवित्तको खराब कर्जा १.९९ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS