IME Life New

महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ कार्यक्रम २१ जिल्लामा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संचालन गरेको ”महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ” पहिलो चरणको एक महिने कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पौष ४ गते सौराहामा कार्यक्रमको समुदघाटन गरी कार्यक्रमको प्रारम्भ गरेका थिए । पौष ११ गते हिमाली जील्ला रुकुम पश्चिमबाट महिलाहरुको रोजगारी र समृद्धिको नारा सहित तालिम कार्यक्रम संचालन गरिएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले रुकुम पश्चिमबाट संचालन गरेको पहिलो चरणको तालिम कार्यक्रम माघ १० गते लमजुङ र गोरखामा तालिम कार्यक्रम संचालन गरेपछि सम्पन्न भएको छ ।

Esewa
Crest

एक महिने “महिला सशक्तिकरणमा(महालक्ष्मी लाईफ” कार्यक्रम अहिले सम्म २१ जिल्लामा संचालन गरिएको छ। १७५० भन्दा बढीलाई सहभागी गराइएको यो तालिम कार्यक्रम रुकुम पश्चिम, म्याग्दी, दाङ, कंचनपुर, बारा, काठमाण्डौ, भक्तपुर, पर्सा, पर्वत, मकवानपुर, रौतहट,धनुषा, सुनसरी, झापा, चितवन, नवलपुर, रुपन्देही, पाल्पा, तनहुँ, लमजुङ र गोरखामा सम्पन्न भइसकेको छ ।

महिलाहरुको उत्साहप्रद र सक्रिय सहभागिता रहेको यो कार्यक्रम गएको हप्ता नारायणघाट, कावासोती, बुटबल, र पाल्पामा कार्यक्रम सम्पन्न भएको हो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ, तालिम विभाग प्रमुख सिताराम धिमाल र बजार प्रबन्धक यमलाल न्यौपानेले तालिम प्रदान गरेका थिए ।

त्यसैगरी दमौली, लमजुङ र गोरखामा संचालित कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र प्रमुख बजार अधिकृत प्रशान्तराज धमलाले प्रशिक्षण दिएका थिए ।

समाजमा पिछडिएका र अवसर नपाएका महिलालाई तालिम दिने, स्वरोजगार हुन प्रोत्साहन गर्ने र आय बृद्धि हुने काममा लगाउने उद्देश्यले उक्त सबै एक महिने कार्यक्रम संचालन गरिएको थियो । पहिलो चरणको निर्धारीत तालिम कार्यक्रम सम्पन्न भइसकेको छ ।

७०० भन्दा बढी महिला स्वरोजगारमा आबद्ध भइसेका छन । फाल्गुन र चैत्र भित्र दोस्रो चरणको कार्यक्रम संचालन गरिनेछ । दोस्रो चरणमा १००० महिलाहरुलाई थप स्वरोजगार बनाउने र नियमित आय आर्जनको लागि अभिप्रेरित गर्ने उद्देश्य रहेको छ ।

स्वरोजगारी र आय आर्जन कार्यक्रमलाई अझै प्रभावकारी बनाउन चैत्र भित्र देशै भरी महिलाहरु संग अन्तक्रिया तथा उत्प्रेरणा प्रदान गर्ने गरी थप कार्यक्रम संचालन गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS