IME Life New

महिला लघुवित्तको खुद नाफा ६१ प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ६१ दशमलव ४३ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा लघुवित्तको चुक्ता पूँजी ४७ दशमलव ५० प्रतिशतले बढेको छ भने जगेडा कोष ३५ दशमलव ०६ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी २३ दशमलव ५३ प्रतिशत, निक्षेप ४४ दशमलव३८ प्रतिशत र कर्जा ३३ दशमलव २३ प्रतिशत बढेको छ।

Esewa
Crest

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १५ दशमलव ९० प्रतिशत बढेर २७ करोड ८७ लाख रुपैयाँ पुगेको छ । कुल सञ्चालन आम्दानी १४ दशमलव ३७ प्रतिशत बढेको छ। लघुवित्तको सञ्चालन मुनाफा भने यस अवधिमा १८ दशमलव ७६ प्रतिशत घटेको छ। अघिल्लो आर्थिक वर्षमा ४ करोड १५ लाख रुपैयाँ खराब कर्जा उठाएको यस लघुवित्तले, गत आर्थिक वर्षमा १५ करोड १२ लाख रुपैयाँ खराब कर्जा उठाएको छ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७८ पैसा बढेर १०१ रुपैयाँ ७६ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ ३०२ रुपैयाँ २६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३३.७९ गुणा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS