IME Life New

महिन्द्राको नयाँ ९ सिटे ‘बोलेरो नियो’ लन्च, यस्ता छन् फिचर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको अग्रणी एसयूभी निर्माता महिन्द्रा एन्ड महिन्द्राले मंगलबार नयाँ कार बजारमा ल्याएको छ। कम्पनीले बोलेरो नियो प्लसको नयाँ भेरियन्ट भारतीय बजारमा लन्च गरेको हो। यो कारमा ९ जना सँगै बस्न सक्छन्। बोलेरो नियो प्रडक्ट लाइनको सफलतापछि कम्पनीले यो नयाँ भेरियन्ट लन्च गरेको हो।

यो कार २ नयाँ भेरियन्टमा लन्च गरिएको छ। यसमा पी४ र पी१० समावेश छन्। पी४ भेरियन्ट एन्ट्री लेभल हो र पी१० प्रिमियम क्याटेगोरीका लागि हो। यो नयाँ कार ठूलो परिवारका लागि उपयुक्त हुने र कारको डिजाइन र लुकमा केही परिवर्तन गरिएको कम्पनीले जनाएको छ।

Esewa
Crest

नयाँ बोलेरो नियोमा २.२ लिटर एमहक डिजेल इन्जिन छ। यो इन्जिन माइक्रो–हाइब्रिड टेक्नोलोजीसँग आउँछ। यो कार फ्रेम निर्माणमा बडीमा बनेको छ र उत्कृष्ट प्रदर्शन तथा माइलेज दिन्छ। कम्पनीले यस कारमा एड्भान्स सेफ्टी फिचर दिएको छ। कारमा ईबीडीसँग एबीएस आउँछ। डुअल एयरब्याग, आईएसओएफआईएक्स चाइल्ड सिट, इन्जिन मोबिलाइजर, अटोमेटिक डोर लकलगायतका धेरै सुविधा उपलब्ध छन्।

कम्पनीले कारको बाहिरी भागमा केही कस्मेटिक चेन्ज गरेको छ। कम्पनीले कारको बाहिरी भागमा एक्स आकारको बम्पर दिइएको छ। क्रोम इन्सर्टसहितको फ्रन्ट ग्रिल, एक्स आकारको स्पेयर ह्विल कभरजस्ता परिवर्तन गरिएको छ। यसबाहेक कारमा स्टाइलिस हेडल्याम्प र फग ल्याम्प पनि दिइएको छ। कारमा १६ इन्च अलोय ह्विल उपलब्ध छन्।

कारभित्र ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम रहेको छ। यसमा ब्लुटुथ कनेक्टिभिटी, यूएसबी र एयूएक्स कनेक्टिभिटी छ। यसबाहेक भित्री भागमा अगाडि र पछाडि पावर विन्डोज, आर्मरेस्ट, बुट स्पेस उपलब्ध छन्।

कम्पनीले यो कार २ भेरियन्टमा सार्वजनिक गरेको छ। यो कारको प्रारम्भिक मूल्य भारु ११ लाख ३९ हजार (एक्स–शोरुम), यो मूल्य पी४ भेरियन्टका लागि हो। पी१० भेरियन्टको एक्स–शोरुम मूल्य भारु १२ लाख ४९ हजार छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS