IME Life New

नेपाली बजारमा जेलियोका चार मोडलमा विद्युतीय स्कुटर सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा जेलियोका चार मोडलका इलेक्ट्रिक स्कुटर सार्वजनिक भएका छन् । भारतीय विद्युतीय दुईपाङ्ग्रे सवारीसाधन ब्रान्ड जेलियोले ग्राहकको दैनिक आवागमनलाई सहज र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न चार मोडलका इलेक्ट्रिक स्कुटरहरू नेपाली बजारमा सार्वजनिक गरेको हो ।

जेलियो ईभी स्कुटरमा आकर्षक तथा आधुनिक डिजाइनसँगै दैनिक प्रयोगलाई ध्यानमा राखेर उच्च दक्षताको इलेक्ट्रिक मोटर, आधुनिक ब्याट्री प्रविधि, डिजिटल डिस्प्ले, आरामदायी राइडिङ, राम्रो स्टोरेज क्षमता तथा सुरक्षा सुविधा जस्ता विशेषता उपलब्ध मोडलअनुसार समावेश गरिएका छन्।

Esewa
Crest

जेलियो ईभी स्कुटर खरिद गर्ने ग्राहकका लागि कम्पनी तथा आधिकारिक डिलर नेटवर्कमार्फत उपलब्ध मोडल र योजनाअनुसार आकर्षक खरिद योजना, फाइनान्स सुविधा, एक्सचेन्ज सुविधा, टेस्ट राइड सुविधा, बिक्रीपछिको सेवा तथा मर्मतसम्भार, स्पेयर पार्ट्स तथा आवश्यक प्राविधिक सहयोग लगायताका विशेष सुविधाको व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

जेलियोको नेपालस्थित आधिकारिक नेटवर्कले ग्राहकलाई बिक्री मात्र नभई बिक्रीपछिको सेवा, स्पेयर पार्ट्सको उपलब्धता तथा प्राविधिक सहयोगमार्फत दीर्घकालीन ग्राहक सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेको छ।

जेलियो ईभी स्कुटरले आगामी दिनमा नेपालका विभिन्न प्रमुख शहर तथा बजारमा आफ्नो बिक्री तथा सेवा नेटवर्क विस्तार गर्दै विद्युतीय मोबिलिटीलाई थप सहज र पहुँचयोग्य बनाउने योजना रहेको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS