काठमाडौं । नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस मोटर कम्पनीको बिक्री पछिको सेवा सम्बन्धी सम्मेलनमा दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ । उक्त सम्मेलनमा टिभिएस मोटरका विभिन्न देशका अन्तर्राष्ट्रिय वितरकहरूको सहभागिता रहेको थियो ।
सम्मेलनमा Beyond Borders ले जगदम्बा मोटर्सलाई Overall Service Best Performance र Best Manufacturing Unit–Asia गरी दुई अवार्ड प्रदान गरेको हो । यससँगै विभिन्न देशका वितरकहरूको सहभागिता रहेको विश्वव्यापी मञ्चमा नेपालको नामसमेत सम्मानित भएको छ ।
विशेषगरी ‘Overall Service Best Performance अवार्ड निकै महत्वपूर्ण रहेको छ । यसले जगदम्बा मोटर्सको वर्कसप, दक्ष तथा तालिमप्राप्त प्राविधिक, सक्कली पार्टपुर्जाको उपलब्धता तथा ग्राहक सेवासहितको सम्पूर्ण सेवा सञ्जाल टिभिएस परिवारअन्तर्गत विश्वकै उत्कृष्टमध्ये एक रहेको पुष्टि गरेको जगदम्बा मोटर्सले विज्ञप्तीमा उल्लेख गरेको छ ।
नेपाली टिभिएस प्रयोगकर्ताका लागि यो सम्मानले उनीहरूले नेपालमै प्राप्त गर्ने सेवाको स्तर टिभिएस सञ्चालनमा रहेका अन्य देशको विश्वस्तरीय सेवासरह रहेको प्रमाणित गर्छ ।
यस उपलब्धिबारे जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवालले भने, “यो सम्मान वर्षौंदेखि हामीमाथि विश्वास गर्दै आएका हाम्रा ग्राहक र त्यो विश्वास कायम राख्न हरेक दिन मेहनत गर्ने हाम्रो सेवा टोलीको उपलब्धि हो । Overall Service Best Performance अवार्ड प्राप्त हुनु भनेको नेपाली ग्राहकले आफ्नै देशमा विश्वस्तरीय सेवा पाइरहेका छन् भन्ने प्रमाण हो । टिभिएस सवारीसाधन प्रयोग गर्ने जो–कोही ग्राहकले आफू उत्कृष्ट सेवाको हातमा रहेकोमा पूर्ण रूपमा विश्वस्त हुन सक्नुहुन्छ ।”
जगदम्बा मोटर्स नेपालका प्रतिष्ठित व्यावसायिक घरानामध्ये एक शंकर ग्रुपको हिस्सा हो। शंकर ग्रुप गुणस्तर, इमानदारी र दीर्घकालीन ग्राहक सम्बन्धप्रतिको प्रतिबद्धताका लागि परिचित छ । ग्रुपका यिनै मूल्य–मान्यताले जगदम्बा मोटर्सको सेवा मापदण्डलाई समेत निरन्तर मार्गदर्शन गर्दै आएका छन् ।
जगदम्बा मोटर्सले दक्ष तथा तालिमप्राप्त प्राविधिक, वास्तविक स्पेयर पाट्र्स, पारदर्शी सेवा र देशभरको नेटवर्कमार्फत छिटो तथा प्रभावकारी ग्राहक सेवाका माध्यमबाट यी उच्च सेवा मापदण्डलाई निरन्तर कायम राख्ने प्रतिबद्धता जनाएको छ ।
जगदम्बा मोटर्स नेपालमा टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक तथा शंकर ग्रुपको सदस्य कम्पनी हो। कम्पनीले टिभिएस का दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधनको पूर्ण रेन्ज उपलब्ध गराउँदै आएको छ। देशभर फैलिएको नेटवर्कमार्फत बिक्री, सर्भिस तथा वास्तविक स्पेयर पाट्र्सको सुविधा प्रदान गर्दै आएको छ।











