IME Life New

नेपाली बजारमा नयाँ टीभीएस एनटर्क १५० स्कुटर सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा नयाँ टीभीएस एनटर्क १५० स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले अक्टोबर १० मा कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुल ग्राउन्डमा आयोजित ‘नेपथ्य लाइभ इन कीर्तिपुर’ सांगीतिक कार्यक्रममा स्कुटर सार्वजनिक गरेको हो । स्कुटरको मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

नेपालका लागि टीभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले उक्त स्कुटरलाई नेपालको पहिलो १५० सीसी हाइपर स्पोर्ट स्कुटरका रूपमा प्रस्तुत गरेको छ । कार्यक्रममा जगदम्बा मोटर्सका प्रमुख सञ्चालन अधिकृत दीपेन्द्र मिश्र र वरिष्ठ मार्केटिङ म्यानेजर करुणा पुडासैनीले संयुक्त रूपमा स्कुटर सार्वजनिक गरेका थिए ।

Esewa
Crest

कार्यक्रममा स्कुटरका प्रमुख विशेषताबारे जानकारी दिनुका साथै लोमान्थाङसम्मको यात्रालाई समेटिएको विशेष भिडियो प्रदर्शन गरिएको थियो । आकर्षक दृश्य प्रभावसहित स्कुटरको सार्वजनिक पछि यसको मूल्य घोषणा गरिएको थियो ।

जगदम्बा मोटर्सका प्रमुख सञ्चालन अधिकृत दीपेन्द्र मिश्रले टीभीएस एनटर्क १५० नवीनतम प्रविधि र उत्कृष्ट सवारी अनुभव प्रदान गर्ने कम्पनीको प्रतिबद्धताको अर्को उपलब्धि भएको बताए । शक्ति, प्रविधि, सुरक्षा र आकर्षक डिजाइनको संयोजनले नेपालमा उच्च प्रदर्शन क्षमताको स्कुटरको अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास उनले व्यक्त गरे ।

त्यस्तै, कम्पनीकी वरिष्ठ मार्केटिङ म्यानेजर करुणा पुडासैनीले नयाँ पुस्ताका राइडरलाई लक्षित गर्दै टीभीएस एनटर्क १५० प्रस्तुत गरिएको बताइन् । दैनिक यात्राभन्दा फरक, रोमाञ्चक र प्रविधिमैत्री अनुभव खोज्ने युवाका लागि यो स्कुटर उपयुक्त विकल्प हुने उनको भनाइ छ ।

१४९.७ सीसी इन्जिन क्षमताको टीभीएस एनटर्क १५० मा तीन भल्भको इन्जिन जडान गरिएको छ । उक्त इन्जिनले १३.२ पीएस पावर र १४.२ एनएम टर्क उत्पादन गर्छ । कम्पनीका अनुसार स्कुटरले ६.३ सेकेन्डमा शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा रहेको छ ।

स्कुटरमा ट्र्याक्सन कन्ट्रोल, सिंगल च्यानल एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस), स्ट्रिट र रेस राइडिङ मोड, हाइब्रिड टीएफटी–एलसीडी डिस्प्ले तथा स्मार्ट कनेक्टिभिटीजस्ता सुविधा समावेश छन् । यी सुविधाले स्कुटरको सुरक्षा, नियन्त्रण र प्रयोगलाई थप सहज बनाउने कम्पनीको भनाइ छ ।

टीभीएस एनटर्क १५० स्टेल्थ सिल्भर, रेसिङ रेड र टर्बो ब्लु गरी तीन रङमा उपलब्ध छ । कम्पनीले नवीन प्रविधि, आकर्षक डिजाइन र उच्च प्रदर्शन क्षमतासहितको यो स्कुटरले नेपाली बजारमा नयाँ सवारी अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS