IME Life New

मलेसियामा सन नेपाल लाइफको वैदेशिक रोजगार बीमासम्बन्धी अन्तरक्रिया

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मलेसियामा कार्यरत नेपाली आप्रवासी कामदारको वित्तीय सुरक्षाबारे सचेतना फैलाउने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्सले क्वालालम्पुरमा वैदेशिक रोजगार बीमासम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथिका रुपमा मलेसियाका लागि नेपाली राजदूत माहामहिम डा. नेत्रप्रसाद तिमसिना रहेका थिए। कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले आप्रवासी श्रमिकको वित्तीय सुरक्षा, वैदेशिक रोजगार बीमा, दाबी भुक्तानी प्रक्रिया र यसका दीर्घकालीन लाभबारे प्रकाश पारेका थिए।सन नेपाल लाइफले आप्रवासी नेपालीका लागि आर्थिक तथा स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्न प्रतिबद्ध जनाएको छ। कम्पनीले १३९ शाखा तथा उपशाखा कार्यालय तथा ३२ हजार अभिकतामार्फत देशभर र देशबाहिर रहेका नेपाली नागरिकलाई जीवन बीमा सेवा प्रदान गर्दै आफ्ना ग्राहकको वित्तीय सुरक्षामा निरन्तर समर्पित रहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS