IME Life New

मर्जर पछि सूर्यज्योति लाइफको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ प्राइस कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मर्जर पछि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । कम्पनीको ४ करोड ५४ लाख ५५ हजार ७२१ कित्ता शेयर दोस्रो बजारमा सूचीकरण भएको हो ।

नेप्सेले साविक सूर्य लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी विच १:०.८२४५ को अनुपातमा भएको मर्जर संझौता अनुरुप कायम शेयर संख्यालाई सूचीकरण गरेको हो । शेयर धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम नेपाल स्टक एक्सचेन्जमा कारोबार हुन सक्ने गरी संलग्न संझौता बमोजिम शर्तहरु पालना गर्नुपर्ने गरी आज सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा शेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

Esewa
Crest

संयुक्त रुपमा दुई कम्पनीको शेयर सूचीकरण सँगै साविकका दुबै कम्पनीको शेयर कारोबार फुकुवा गरिएको छ । सूचीकरण सँगै नेप्सेले ओपनिङ प्राइस ३७१.५९ रुपैयाँ तोकेको छ ।

साविकको सूर्या लाइफको क्लोजिङ प्राइस ३८७ रुपैयाँ थियो भने ज्योति लाइफको ३५१ रुपैयाँ थियो । यस अवधिमा ज्योति लाइफका शेयरधनीको शेयर १७.५५ प्रतिशतले घटेको छ । साविक ज्योति लाइफको १०० कित्ता हुने शेयरधनीको अव ८२.४५ कित्तामा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%
happy

खुसी

33%
sad

दु :खी

28%
amazed

अचम्मित

0%
excited

उत्साहित

22%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS