IME Life New

मर्जरको भयका कारण ‘पर्ख र हेर’ को अवस्थामा बीमा अभिकर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  जीवन बीमा कम्पनीहरुबीच मर्जर (गाभ्ने,गाभिने) सम्झौताको लहर जारी रहेका बेला अभिकर्ता तथा शाखा प्रबन्धकहरु आफ्नो भविष्यलाई लिएर पर्ख र हेरको अवस्थामा पुगेका छन् ।

मर्जरको घोषणा गरिसकेका जीवन बीमा कम्पनीका शाखा प्रबन्धक तथा वरिष्ठ अभिकर्ताहरु मर्जर पछि अस्तित्वमा आउने नयाँ कम्पनीमा आफ्नो भूमीका र पद के हुने भन्ने अन्यौलताका कारण अहिले पर्ख र हेरको अवस्थामा पुगेका हुन् ।

Esewa
Crest

जीवन बीमा कम्पनीहरुमा छोटो समयमा पदोन्नतीका लागी शाखा,उपशाखा प्रबन्धकसहित बजार विभागका कर्मचारीले जुनसुकै उपायबाट भएपनि जीवन बीमालेख बिक्री गर्ने क्षमता राखेका हुन्छन् । तर अहिलेको तरलताको अवस्थाका कारण उनीहरुले संभावित बीमितको पहिचान भएर पनि मौन बसेको अवस्था छ ।

मर्जरका कारण व्यवसायमा कसरी प्रभाव पार्छ भन्ने गुराँस लाईफ इन्स्योरेन्सको तेश्रो त्रैमासको कारोबारले पनि प्रष्ट पारेको छ । सबै जीवन बीमा कम्पनीले थोरै भएपनि प्रथम बीमाशुल्क आर्जनमा व्यापार बिस्तार गरेकोमा गुराँसको व्यापार ओरालो लागेको छ । मर्जरको अर्को साझेदार यूनियन लाईफ इन्स्योरेन्सको पनि तेश्रो त्रैमासमा बजार हिस्सा खस्किएको छ ।

बीमा समितिले पूँजी वृद्धिको निहुँमा बीमा कम्पनीहरुलाई मर्जरको लागी दबाब दिइरहेको छ । यही दबाबका बीच प्राइम लाईफ, गुराँस लाईफ र यूनियन लाईफ इन्स्योरेन्सले एक आपसमा गाभ्ने गाभिने सम्झौता गरिसकेका छन् ।

सूर्या लाईफ र ज्योती लाईफ इन्स्योरेन्स बीच पनि मर्जरको सम्झौता भइसकेको छ । कान्छो जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्सलाई थप पूँजी लगानी गर्न संस्थापकले नै नपत्याएकाले सम्मानजनक मर्जरको प्रस्ताव पाउन सकस झेल्दैछ ।

रिलायन्स लाईफ इन्स्योरेन्स, प्रभु लाईफ इन्स्योरेन्सले पूँजी वृद्धि र संभावित मर्जर दुबैको लागी विशेष साधारण सभाबाट स्वीकृति लिई सकेका छन् । सिटिजन लाईफ इन्स्योरेन्सले पूँजी वृद्धि र संभावित मर्जरको एजेण्डासहित साउन ६ गते विशेष साधारण सभा डाँकेको छ ।
न्यूनत्तम चुक्ता पूँजी पुर्याउन हकप्रद  शेयर(राइट शेयर) जारी गर्ने प्रस्ताव बीमा समितिमा पेश गरेका बीमकको प्रस्ताव कुनै पनि बेला समितिले अस्वीकृत गरेर मर्जरको बाटोमा हिंड्न बाध्य पार्न सक्ने सम्भावना जीवितै छ ।यी अवस्थाका बीच कायम अन्यौलताका कारण अभिकर्ता मात्र नभएर कर्मचारी समेत मुठ्ठी कसेर बसेका छन् ।

राम्रो व्यापार गर्ने अभिकर्ताहरुले बीमा समितिले तोकेको भन्दा बढी सेवा सुविधा पाउने गरी गोप्य सम्झौता गरेका हुन्छन्, जीवन बीमक मध्येको सुदूरपश्चिम प्रदेशका एक क्षेत्रिय प्रबन्धकले भने मर्जरपछि तिनले पाउने सेवा सुविधा निरन्तरता पाउने नपाउने टुंगो नहुने भएकाले पनि जोखिम लिन चाहेका छैनन् ।

निर्जीवन बीमकबीच एउटा मर्जर सफल,अर्कोको घोषणा
यसबीच हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीचको मर्जर सम्झौता सम्पन्न भएर साउन १ गतेबाट एकीकृत कारोबारको तयारीमा जुटेका छन् । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स बीच पनि मर्जरको सम्झौता भएको छ । बीमा समितिले मर्जरको लागी बाध्य बनाउने रणनीति सहित आगामी चैत्र महिनाभित्रमा जीवन बीमा कम्पनीले ५ अर्ब र निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनै पर्ने प्रावधान गत चैत्रमा घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS